२०८२ बैशाख ९ मंगलवार
२०८२ बैशाख ९ मंगलवार

सर्वपक्षीय एकताका लागि तयार छौं : रेग्मी

काठमाडौं । गैरआवासीय नेपाली संघको एकता अधिवेशन नजिकिँदै गर्दा सर्वोच्चले फैसला कार्यान्वयन गर्न र एकता महाधिवेशन तोकिएको मितिमा सम्पन्न गर्न सचिवालयलाई स्पष्ट निर्देशन गरेसँगै डाक्टर बद्री केसी समूहमा हलचल मच्चिएको छ।

उच्चस्तरीय एकता समितिका संयोजक डाक्टर शेष घलेले मे महिनाको ३, ४ र ५ मा नै एकता अधिवेशन सम्पन्न गराइछाड्ने अडान र सर्वोच्चको पत्राचारपछि एकता बाहिर रहेका केसी समूह अन्योलमा परेको हो।

डिसी नेपालसँग कुरा गर्दै केसी समूहका उपाध्यक्ष राज रेग्मी (राजु)ले भने, ‘हाम्रो पक्षबाट एनआरएनए एकताको सम्भावित बाटो नै खोजिरहेका छौं। हामी पनि सिंगो ‘एनआरएनए’को नै परिकल्पनाकार हौं। तर, अहिले जुन असहज परिस्थितिको निर्माण बन्यो, त्यस उपर अबको यात्रा बारे हामीले ठोस निर्णय लिएका छैनौं। हाम्रो माग सर्वपक्षीय एकता नै हो। जुन हिसाबले खाए खा ,नखाए घिच भनेझै गरि एकताको सुमधुर प्रयास नै नगरी लाद्ने कोसिस गरियो यसमा व्यक्तिगत रूपमा हामी खुशी छैनौं।’

एनआरएनएमा एकताको सम्भावना कति?

‘हाम्रो तर्फबाट एकताको सम्भावनाको ढोका हिजो, आज र भोलिपनी खुल्ला नै छ। हामीले चाहेको भनेको अहिलेको तिक्ततापूर्ण संक्रमणकालिन अवस्थामा अधिवेशन नगरेर सबै पक्षको सहमतिमा एकता अधिवेशनको मिति तय गरौं भन्ने हो। अझैसम्म एकताको लागि समय हाम्रै नियन्त्रणमा छ। हामी एनआरएनए अभियन्ताकै हातमा छ। हामी सबैले चाह्यौं भने संभावना नै संभावना,’ उनले भने।

उच्चस्तरीय समितिले अधिवेशनलाई अन्तिम चरणमा पुर्‍याइसकेको र तपाईंहरू सहभागी भएर सम्पन्न गर्न सकिन्न भन्ने प्रश्नमा उनले त्यो पनि असम्भव नरहेको बताए। ‘असम्भव भन्ने कुरा के नै पो होला र? तर, एकपक्षको तयारीले मात्रै एकता अधिवेशन कसरी हुन्छ? एकता अधिवेशन सम्पन्न गर्नलाई पहिले सहृदयी एकता हुनुपर्‍यो। फन्डामेन्टल कुराहरू त मिलाउन सकिन्छ। यद्यपि सबै उपस्थित हुने र सबैले संस्थागत अपन्त्व लिन सक्ने उचित समयमा अधिवेशन गर्दा सबैको भलो हुन्छ,’ उनले भने।

एकाध व्यक्तिको उपस्थिति मात्रैले एकता नहुने उनले बताएका छन्। ‘उहाँहरूले गर्नुभएको तयारीले पचासौं लाख गैरआवासीय नेपालीलाई समेट्न सक्नुभएको छैन। यसको अर्थ समय अभाव नै हो, यो कुरा उहाँहरू पनि स्वीकार्नु हुन्छ। तर, खोइ के आइलाग्यो? हठ छोड्नु भएको छैन,’ उनले भने।

तपाईंहरू अक्टोबर भन्ने उहाँहरू मेमा भन्ने अनि कसरी मिल्छ कुरा भन्ने प्रश्नमा रेग्मीले आफूहरूले दसैं तिहारको बीचमा बाटो खौजौं भनेको दाबी गरे। ‘चाडबाढको समयमा विदेशमा रहेका अधिकांश अभियान्ता र पञ्जिकृत सदस्य नेपाल आउनुहन्छ। उक्त समय नै एकताको लागि मध्यविन्दू हो। यो समयको सदुपयोग गरौं भन्ने हाम्रो मान्यता छ। यो समय नै सबैका लागि उपयुक्त र सर्वस्वीकार्य हुनेछ,’ उनले भने।


सामाग्री श्रोत :

सर्वपक्षीय एकताका लागि तयार छौं : रेग्मी

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट