२०८२ बैशाख ९ मंगलवार
२०८२ बैशाख ९ मंगलवार

बीपीकेएचआईएसको ‘सिम्पोसिअम कम टक सो’ अर्थात् विचार र भावनाहरु पलाउने वसन्त

जब-जब बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान (बीपीकेएचआईएस) वरपरका रुखहरुले पालुवा उमार्छन्, कोमल ती पालुवामुनि कतै लुकेको कोइलीको सुमधुर कुहुकुहु सुनिन्छ। रुखमा पात जस्तै यो हृदयमा पनि केही नयाँपन पलाउँछ, हरेकपल्ट फर्किआउने वसन्तसँग यो मनको अजीवको साइनो छ । यो मनले पर्खिरहेको वसन्त मात्रै पनि होइन, प्रतिष्ठानमा आउने  त्यस्तो अद्वितीय साँझ हो,  जहाँ विचारहरु बोलिन्छन्,  भावनाहरु गुन्जिन्छन्, मौनताहरु झल्किन्छन् र अनुभवहरु साटिन्छन्। अर्थात् सिम्पोसिअम कम टक सो !पहिलो वर्षका सुरुवाती दिनहरू, जहाँ म सेतो एप्रोन लगाएर ओहोर–दोहोर गरिरहन्थें। मनमा कौतुहलता थियो, के म साँच्चै राम्रो चिकित्सक बन्न सक्छु होला त? आफूभित्रको साहित्य र कलाप्रतिको मायालाई  चिकित्सा शिक्षा सँगसँगै अगाडि बढाउन सक्छु होला त? चिकित्सा र मानविकीको तादात्म्यतालाई जीवनभर आफूभित्रै जोगाउन सक्छु होला र? यस्तै अनेक प्रश्नहरु मनमा खेलिरहन्थे।समय बित्दै जाँदा थाहा भयो, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठानका साहित्यप्रेमी विद्यार्थीहरुले गठन गरेको परिक्रमा विद्यार्थी परिवारले यस्तै चिकित्सा र मानविकीका पक्षहरु समेट्ने कार्यक्रम आयोजना गर्दो रहेछ। र, उक्त कुरा थाहा पाउँदा मनमा असीम आनन्द महशुस भएको थियो।२०८१ साल वैशाख महिना, प्रतिष्ठानको अडिटोरियम हल दर्शकहरूले भरिभराउ थियो। जहाँ चिकित्सकहरू कला, साहित्य, पत्रकारिता, जीवन र मरणजस्ता विषयमा गहन छलफल गर्दै थिए। चिकित्सकहरूको उत्सुकतामा साहित्यपारखीहरु आफ्ना भावना पोखिरहेका थिए। जब साहित्य पारखीहरुले पोखेका भावना मेरो अन्तरकुनामा गुञ्जिरहेका भावहरूसँग मेल खान्थे, तब एक किसिमको अनुपम अनुभूति हुन्थ्यो- लाग्थ्यो, शायद म पनि त्यही खुशी, त्यही आनन्द र त्यही सपना बग्ने बाटोमै हिँडिरहेको छु,  बगिरहेको छु। यसरी साहित्य र कलाका सुन्दर भावनाहरुको संगीतमा मेरो हृदयका धड्कनहरु छमछम नाचिरहेका थिए।कार्यक्रमको मध्यान्तरतिर एउटा नयाँ अनि जिज्ञासाले भरिएको बार्ता सुरु हुन्छ।  जसको शीर्षक थियो,  स्वास्थ्यकर्मीको नजरमा मृत्यु र जीवन’। साहित्य र कलाको धुनमा रमाइरहेको हल एकाएक शान्त हुन्छ। कारण स्पष्ट थियो, नव जीवनबारेको गहिरो छलफल।मृत्यु र जीवनलाई नजिकबाट नियाल्ने,  देशका समर्पित चिकित्सकहरूमाझ चलिरहेको संवादले यो मनमा अज्ञातको मोह र अन्त्यको रहस्यले हलचल मच्चाइरहेको थियो।जीवन र मृत्युबारेको छलफल चल्दाचल्दै, मन भने कुनै अदृश्य ढोकाको अगाडि उभिएजस्तो लागिरहेको थियो। जहाँ एकापट्टि उज्यालोको आशा पलाइरहेको थियो, त अर्कोपट्टि अन्धकारको रहस्य लुकेको। मनमा प्रश्न उब्जिन थाले- जीवन के हो त? मृत्यु वास्तवमै अन्त्य हो कि आरम्भ। स्वासप्रश्वाससँगै बाँचिरहेको शरिरले कहिले थाहा पाउँछ, अन्तिम सास कहिले हुन्छ भनेर।यस्ता गम्भीर प्रश्नहरू मनभित्र आँधीझैं चलिरहेका थिए। उत्तर दिन सकिँदैनथ्यो, तर आफूले आफैँलाई प्रश्न नगरी बस्न पनि सकिँदैनथ्यो।म सोचिरहेको थिएँ,  यस्ता विषयहरुले यो कोमल र निर्दोष मनलाई प्रश्न त हजारौं गर्छन् तर उत्तर चाहिँ किन शून्य? यसरी प्रश्न र जिज्ञासाले भरिपूर्ण संवाद केही बेरमै समाप्त हुन्छ। म भने ती प्रश्न र जिज्ञासा सेतो एप्रोनको खल्तिमा बोकेर आफ्नो कोठातिर फर्किन्छु।इतिहास पल्टाउँदा चिकित्सा र मानविकीको प्रत्यक्ष वा परोक्ष सम्बन्ध रहेको पाइएको छ। यही कुराको महत्व बुझ्दै विश्वमा धेरै मेडिकल कलेजहरूमा मानविकीका विभिन्न आयामहरू, साहित्य, भाषा, सङ्गीत, परोपकार, इतिहास, धर्म, दर्शन, आदिलाई पाठ्यक्रममा समावेश गरिएको छ।       सन् २०१० मा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापक डा नरेन्द्र भट्टले चिकित्सा क्षेत्रमा मानविकीको महत्व बुझेर यी दुई फरक विषयलाई कसरी एकैठाउँमा उभ्याउन सकिन्छ भन्ने सोचेर, चिकित्सा क्षेत्र र मानविकीका बहुआयाम एक अर्काका परिपूरक हुन् र यसको अनुभव सबैले गर्नुपर्छ भन्ने हेतुले एक नयाँ कार्यक्रम ‘चिकित्सा व्यवसायिकताको क्षितिज विस्तारका लागि चिकित्सा र मानविकीको संयोजन’को अवधारणा अघि सार्नुभयो। उहाँको आकाङ्क्षा थियो कि यस्तो विचार गोष्ठी होस्, जहाँ विभिन्न क्षेत्रका विज्ञहरूसँग चिकित्सा क्षेत्रका विद्यार्थी र चिकित्सक एकै मञ्चमा छलफल गर्न उभिउन्, फलस्वरूप एक नवीन विचार र सोचाइको सृजना होस्। यही अवधारणा र उद्देश्यका साथ आयोजना गरिएको उक्त कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो।चिकित्सा शास्त्रको कोरा ज्ञानको परिधिमा हुर्किरहेका विद्यार्थीहरूका लागि यो कार्यक्रमले उनीहरूको बुझाइमा रहेको चिकित्सा प्रणालीको बारेमा ज्ञानको क्षितिज फराकिलो बनाइदियो भने मानविकीका अरू पाटाहरू बिना त कोरो चिकित्सा निरस हुने रहेछ भन्ने बोध गरायो। र त यस्तै कार्यक्रम फेरि पनि गर्न पाए हुन्थ्यो भन्ने हुटहुटी लिएर विद्यार्थीहरू डा भट्ट कहाँ पुगे।विद्यार्थीहरूलार्इ बहुआयामका नवीनतम् ज्ञान पस्किनुका साथै चिकित्सा र मानविकीका बृहत्तर पाटाहरूमा चिन्तन गर्न सधैँ हौस्याइरहने डा भट्ट विद्यार्थीहरूको यो इच्छा शक्ति देखेर प्रफुल्ल भए र अझै परिष्कृत रूपमा यसप्रकारको विचारगोष्ठी गर्न निरन्तर हौसला, सल्लाह र मार्गदर्शन दिए। फलस्वरूप, सन् २०१४ मा  बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनरत विद्यार्थीहरूको साहित्यिक समूह ‘परिक्रमा विद्यार्थी परिवार’ र ‘जुनियर रेसिडेन्ट वेलफेयर सोसाइटी’को सह-आयोजनामा  ‘चिकित्सा र मानविकीबीच सहकार्यका निम्ति नयाँ आयामहरूको खोजी’ शीर्षक राखी कार्यक्रम आयोजना गरियो। यही उद्देश्यलाई आत्मसात् गर्दै कार्यक्रमको आठौ संस्करण ल्याएर चिकित्सा र मानविकीको तादात्म्यतालाई पुनर्ताजगी गरिँदैछ। यही बैसाख १२ र १३ गते प्रतिष्ठानको अडिटोरियम हल त्यही कार्यक्रमको साक्षी हुँदैछ, त्यही विचार र चिन्तनलाई पुनःस्थापित गर्न, नयाँ दर्शक र फरक विद्वज्जनहरूबाट। सांसद् सुमना श्रेष्ठ, गायिका लोचन भट्टराई, डा मंगल रावल, आदर्श मिश्र, घुमन्ते, भुसिता वशिष्ठ, डा बिकास साह, आयुशी केसी, सजीना ढुंगानालगायतको उपस्थितिले छलफलको रूपरेखा कोर्नेछ।  
सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट