२०८२ बैशाख ९ मंगलवार
२०८२ बैशाख ९ मंगलवार

सस्तोको लोभमा नक्कली मेमोरी कार्ड त किनिरहनु भएको छैन ? यसरी चिन्नुहोस् असली कार्ड

काठमाडौँ । आजकल मोबाइल, क्यामेरा, ड्रोन, गेमिङ कन्सोल चलाउने प्रायः सबैलाई मेमोरी कार्ड चाहिन्छ । ठुलाे डेटा स्टोर गर्न, भिडिओ खिच्न, गेम खेल्न मेमोरी कार्डले नै काम गर्छ । तर बजारमा कतिपय नक्कली मेमोरी कार्ड पनि छन्, जसले तपाईँको डेटाको सुरक्षा गर्ने नभइ हराइदिने, बिगारिदिने वा करप्ट गरिदिन सक्छन् ।

धेरैलाई लाग्छ- ‘कार्ड त हेर्दा ठिकै छ नि ! प्याकेट पनि राम्राे छ । ब्राण्डको लोगो छ । अनि साइज पनि लेखिएको छ’ । तर त्यहीँबाट त नक्कली मेमोरी कार्डको खेल सुरु हुन्छ । नक्कली कार्ड बनाउनेहरू यति चलाख भइसकेका छन् कि प्याकेजिङदेखि कार्डको छाप, लेबल, ब्राण्ड सबै नक्कल गरिदिन्छन् । अनि कार्ड भित्र चाहिँ सस्तो वा नकम्मा चिप राखिदिन्छन् ।

धेरैजसो अवस्थामा नक्कली कार्डमा क्षमता बढी देखाइन्छ । जस्तो : १२८ जीबी लेखिएको छ तर भित्र १६ जीबी मात्र काम गर्छ । सुरुमा तपाईंले काम चलाउँदा केही थाहा हुन्न, तर कुनै दिन तपाईँले भिडिओ, फोटो धेरै सेभ गरिसक्नुभयो भने अब कार्ड फुल भयो भन्छ । तर साँचोमा त्यो कार्डले त्यो साइजकै डेटा समात्न सक्दैन । नतिजा ? डेटा करप्ट हुन्छ, हराउँछ वा रेकर्ड नै बन्द हुन्छ ।

धेरैजसो गेम खेल्ने र भिडिओ खिच्नेहरूले त झन् मेमोरी कार्डको स्पिड हेरेर किन्छन् । केही कार्डमा‘Ultra High Speed’ समेत लेखेको पाइन्छ । तर नक्कली कार्डले त्यो स्पिड दिन सक्दैन । ड्रोनले त यस्तै कार्ड पाएपछि फोरके भिडिओ खिच्नै नदिने गर्छ ।

अब कसरी थाहा पाउने त ? सबैभन्दा पहिले त प्याकेट हेर्नुहोस् । ब्राण्डको स्पेलिङ मिल्यो ? लोगो राम्रो छ ? छाप सफा छ ? केही टेडा-मेडा छ भने शंका गरिहाल्नुहोस् । अनि कार्डको साइज पनि मिल्यो कि मिलेन हेर्नुहोस् ।

धातुको भाग (मेटल कन्ट्याक्ट) राम्रोसँग मिलेको छ कि छैन हेर्नुहोस् । धेरै पटक पुनः प्याक गरेर बेचिएको भए कन्ट्याक्ट बिग्रिएको देखिन सक्छ । 

धेरैजसो राम्रा कम्पनीहरूले कार्डमा सिरियल नम्बर राख्छन् । सिरियल नम्बर छैन भने वा अलि अचम्मको देखियो भने नक्कली हुनसक्छ ।

अर्को उपाय चाहिँ कार्डमा ठुलो फाइल राखेर टेस्ट गर्नु हो । सब ठीक छ कि छैन भनेर भिडिओ वा ठुलो डेटा सेभ गरेर त्यसलाई फेरि खोलेर हेर्नुहोस्  । कपी गर्दा कतिसम्म राइट हुन्छ भनेर स्पिड पनि हेर्न सकिन्छ ।

सबैभन्दा भरपर्दो उपाय त भनेको कार्ड खरिद गर्दा ब्राण्डको आधिकारिक डिलर वा विश्वसनीय सप्लायर्सबाट मात्र किन्न हो । खासगरी अनलाइन शपिङ गर्दा झन् धेरै होसियार हुनु पर्छ । किनकि सस्तोको लोभमा फसेर नक्कली कार्ड किनियो भने पछि डेटा गयो गयो ।

एउटा राम्रो कुरा के भने अहिले मोबाइल र कम्प्युटरका लागि केही निःशुल्क एप पनि छन्, जसले कार्डको क्षमतादेखि स्पिड टेस्ट गर्छन् । जस्तै : कम्प्युटरका लागि ‘H2testw’ र मोबाइलका लागि  ‘True SD Card Capacity’ जस्ता टुलले यस्तो स्पिड टेस्ट गर्छन् । केही नकली कार्डले देखाउने क्षमता बढी हुन्छ तर वास्तविक क्षमता कम हुन्छ ।

यसकारण कार्ड सस्तो पाइयो भनेर खुसी नहोस् । सस्तो वा भारी छुट देखेपछि सोधपुछ नगरी नकिन्नुहोस् ।

सस्तोको लोभले तपाईंको महत्त्वपूर्ण फोटो, भिडिओ र डेटा सधैँका लागि हराउन सक्छ । नक्कली सामानले त तपाईंलाई ढाँट्छ नै, साथसाथै फोन, क्यामेरा, ड्रोन जस्ता तपाईँका डिभाइसलाई समेत बिगार्छ ।

एन्ड्रोइड पुलिसको सहयोगमा

पछिल्लो अध्यावधिक: बैशाख ९, २०८२ ९:३७





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट