२०८२ बैशाख ६ शनिबार
२०८२ बैशाख ६ शनिबार

शुल्क र सिट परिमार्जन कार्यदलको बैठक : विषय प्रवेश नै नगरी सारियो सोमबार

काठमाडौं- चिकित्सा शिक्षा आयोगले गठन गरेको शुल्क परिमार्जन तथा एमबीबीएस/बीडीएसको सिट निर्धारण गर्न बसेको कार्यदलको बैठक विषय प्रवेश नगरी उठेको छ।शनिबार भएको कार्यदलको बैठकमा कार्यदलका सदस्यद्वय डा अनिल कार्की र डा मंगल रावलले १६ औं बैठकको निर्णय कार्यान्वयन नभइ काम गर्न नसकिने बताएका थिए। कार्यदलको बैठकमा सहभागी नेपाल चिकित्सक संघका अध्यक्ष डा कार्कीले आफ्नो कार्यसमितिको निर्णय सुनाएका थिए। जहाँ १६ औं बैठकमा निर्णय गरिएको आवासीय चिकित्सकको निर्वाह भत्ताको निर्णय कार्यान्वयन नगरी आफूहरु कार्यदलको कार्यादेशमा प्रवेश नगर्ने उल्लेख थियो। एसोसिएसन अफ प्राइभेट मेडिकल एन्ड डेन्टल कलेज अफ नेपालका अध्यक्ष तथा विराट मेडिकल कलेजका सञ्चालक डा ज्ञानेन्द्रमान सिंह कार्कीले दुबै विषय सँगसँगै अघि बढाउनुपर्ने बताएका थिए। तर, १६ औं बैठकको निर्णय कार्यान्वयन नगरी अन्य कुरा अघि नबढ्ने पक्षकै जोडबल भएपछि विषय प्रवेश नगरी बैठक सकिएको थियो। कार्यदलमा आवासीय चिकित्सक आन्दोलनमै रहेकाले उक्त निर्णय कार्यान्वयन हुनुपर्ने कुरा उठेपछि डा ज्ञानेन्द्रमान सिंह कार्कीले आफू छलफल गर्ने बताएका छन्। आइतबार त्यसका लागि समय दिइएको छ। आवासीय चिकित्सकको विषय आइतबार टुंगिएपछि सोमबार कार्यदलले काम थाल्ने गरी बैठक समय तोकिएको छ।  
सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट