काठमाडौँ । सामसङले नेपाली बजारमा ग्यालेक्सी ट्याब एस१० एफई सार्वजनिक गरेको छ । प्रिमियम डिजाइन र इन्टेलिजेन्ट फिचरसहितको यो ट्याबलेटले प्रयोगकर्ताका लागि विशिष्ट अनुभव दिने कम्पनीको दाबी छ ।

सामसङ नेपालका निर्देशक प्रणयरत्न स्थापितले ग्यालेक्सी ट्याब एस१० एफईले मोबाइल एआई एक्सपिरियन्स र सामसङको कनेक्टेड इकोसिस्टमलाई अझ धेरै प्रयोगकर्तासम्म पुर्याउने बताए । एडभान्स्ड फिचर र उत्कृष्ट डिजाइनले प्रयोगकर्तालाई अझ धेरै सिर्जना, सिकाइ र काम गर्न प्रेरित गर्ने उनको विश्वास छ ।’
१०.९ इन्चको ठूलो डिस्प्ले र स्लिम बेजलसहित आएको ट्याबमा ९० हर्ज रिफ्रेस रेट र ८०० निट्सको ब्राइटनेस छ । भिजन बुस्टर प्रविधिले बाहिरी वातावरणमा पनि स्क्रिनलाई सहज बनाउने बताइएको छ ।
ट्याबलेटमा १३ मेगापिक्सेलको अपग्रेडेड रियर क्यामरा छ भने बहुपरिचित सर्कल टु सर्च, नोट असिस्ट, अब्जेक्ट इरेजर जस्ता फिचरले नोट लिने, जानकारी खोज्ने र फोटो एडिटिङलाई सजिलो बनाउनेछन् ।

कम्पनीका अनुसार यसमा ‘बेस्ट फेस’ फिचरमार्फत ग्रुपफोटो खिच्दा सबैभन्दा राम्रो अनुहार र एक्सप्रेसन मिलाएर उत्कृष्ट तस्बिर तयार गर्न सकिन्छ भने ‘अटो ट्रिम’ ले भिडिओहरूलाई सजिलै आकर्षक हाइलाइट भिडिओमा परिणत गर्न सकिन्छ ।
८ जीबी र्याम र १२८ जीबी स्टोरेज रहेको यो ट्याबलेटले धुलो र पानी प्रतिरोधीका लागि आईपी६८ रेटिङ प्राप्त गरेको छ ।
सेक्युरिटीको कुरा गर्दा सामसङले ग्यालेक्सी ट्याब एस१० एफई मा ‘सामसङ नक्स’ जडान गरेको छ, जसले प्रयोगकर्ताको डेटालाई सुरक्षित राख्छ ।
नेपालमा ग्यालेक्सी ट्याब एस१० एफई ग्रे र सिल्भर रंगमा उपलब्ध छ । यसको मूल्य ७४ हजार ९९९ रुपैयाँ तोकिएको छ ।
साथै सामसङ इन्स्टाफाइनान्समार्फत मासिक तीन हजार ७५० रुपैयाँ किस्तामा ०% ब्याजमा किन्ने व्यवस्था गरिएको छ । पुराना फोन साटेर नयाँ किन्न सकिने सुविधा पनि उपलब्ध छ ।
पछिल्लो अध्यावधिक: बैशाख ६, २०८२ ९:६
सामाग्री श्रोत :
टेक पाना