२०८२ बैशाख ५ शुक्रबार
२०८२ बैशाख ५ शुक्रबार

प्राकृतिक रुपमै दाँत उमार्ने विधिको सफल प्रयोगशाला परीक्षण, मुखमै कोषिका प्रत्यारोपण गरेर दाँत उमार्ने सम्भावना

प्राकृतिक दाँतझैं काम गर्ने ‘लैब-ग्रोन’(प्रयोगशालामा उमारीएका दाँत) दाँत मर्मत गर्ने सम्भावित तरिका र प्राकृतिक दन्त उपचारको विकल्पमा गरिएको एक अनुसन्धानले, अब दाँत फिलिंग्सकोसाटो मानिसहरूले आफैंले नयाँ दाँत उमार्न सक्ने  देखाएको छ। बेलायतको प्रतिष्ठित किंग्स कलेज लन्डनकावैज्ञानिकहरूले प्रयोगशालामा दाँत उमार्नका लागी महत्वपूर्ण सफलता हात पारेका छन्।शार्क र हात्तीजस्ता जनावरहरूमा जीवनभर नयाँ दाँत आउँछ तर मानिसहरूमा वयस्क भएपछि नयाँ दाँत उम्रिँदैन।वैज्ञानिकहरूले विकास गरेको यो नयाँ प्रविधिले अब मानिसहरूमा पनि प्राकृतिक रूपमा दाँत पुनः उम्रिने सम्भावनादेखिएको छ।फिलिंग्स जस्ता हाल प्रयोगमा आउने समाधानहरू कृत्रिम हुन्। यस्ता उपायहरूले पूर्ण रूपमा प्राकृतिक दाँतको कार्यपुनःस्थापना गर्न सक्दैनन् र दीर्घकालीन समस्या समेत निम्त्याउन सक्छन्। तर प्रयोगशालामा आफ्नै कोषबाट तयारगरिने दाँत भने बंगारामा प्राकृतिक रूपमा फिट हुन सक्छ र समयसँगै आफैं मर्मत हुने क्षमता राख्छ।किंग्स कलेज लन्डनको डेन्टिस्ट्री, ओरल एन्ड क्रानियोफेसियल साइन्सेस संकायको वैज्ञानिक शुचेन झाङ भन्छन्, “फिलिंग्सदीर्घकालीन समाधान होइनन्। उनीहरूले दाँत कमजोर बनाउँछन्, संवेदनशीलता बढाउँछन् र पुनः किरा लाग्ने सम्भावनारहन्छ। इम्प्लान्ट पनि शल्यक्रियाबाट राख्नुपर्छ भने मजबुत हड्डीको संरचना पनि चाहिन्छ। यी दुवै समाधान कृत्रिम हुन्।तर, प्रयोगशालामा उमारिएका दाँत भने शरीरमा स्वाभाविक रूपमा मेल खान्छ, बलियो र टिकाउ हुन्छ।”कोषहरूबीच ‘संवाद’ गराउने प्रविधि विकासकिंग्स कलेज लन्डन र इम्पेरियल कलेज लन्डनको सहकार्यमा गरिएको अध्ययनले दाँत उम्रिने वातावरण निर्माण गर्न सफलभएको छ। वैज्ञानिकहरूले यस्तो पदार्थ विकास गरेका छन्, जसलाई म्याट्रिक्स भनिन्छ जसले कोषहरूबीच सन्देशआदानप्रदान गर्न सहयोग गर्छ – जसले गर्दा एउटा कोषले अर्को कोषलाई संकेत दिन सक्छ।शुचेन झाङ भन्छन्, ‘हामीले विकास गरेको नयाँ पदार्थ शरीरभित्र कोष वरिपरिको प्राकृतिक वातावरण जस्तै हो। यसलेगर्दा कोषहरूलाई स्वाभाविक रूपमा दाँत बन्ने प्रक्रिया सुरु गर्न सक्ने बनायो।’अब चुनौती: यो प्रविधि प्रयोगशालाबाट मानिस माझ कसरी पुर्‍याउने?वैज्ञानिकहरूको अगाडि अहिलेको मुख्य चुनौती यो प्रविधिलाई प्रत्यक्ष क्लिनिकल प्रयोगमा लैजाने हो। उनीहरूकाअनुसार, दुईटा सम्भावना छन्  मिसिङ दाँतको ठाउँमा युवा दाँत कोषहरू ट्रान्सप्लान्ट गरेर त्यहीँ दाँत उमार्ने प्रयोगशालामै दाँत बनाइसकेर त्यसलाई मुखमा राख्नेदुबै तरिकाको लागि दाँतको प्रारम्भिक विकास प्रक्रिया प्रयोगशालामै सुरु गर्नुपर्ने वैज्ञानिकहरूले बताएका छन्।पुनर्जीवनीय चिकित्सायो अनुसन्धान पुनर्जीवनीय चिकित्साको ठूलो उपलब्धि मानिएको छ। अब भविष्यमा दाँत, हड्डी वा अन्य अंगहरू कृत्रिमचीजहरूको भर पर्नुपर्ने छैन, शरीरकै कोषबाट स्वाभाविक रूपमा पुनर्निर्माण गर्न सकिने सम्भावना प्रबल हुँदैछ।अध्ययनका सह-लेखिका डा. एना एन्जेलोभा भोलपोनीका अनुसार, ‘हामीले विकास गरेको यो प्रविधिले दन्त उपचारकोक्षेत्रमा परिवर्तन ल्याउने सम्भावना राख्छ। प्राकृतिक, दिगो र प्रभावकारी समाधान दिने लक्ष्यसहित हामी अनुसन्धानलाईअझ अघि बढाउँदैछौं।’
सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट