काठमाडौं –आवासीयष चिकित्सकका विषयमा अदालतमा रहेको महत्वपूर्ण मुद्दाको आज सुनुवाई हुँदैछ । आवासीय चिकित्सकहरूले पूर्वनिर्धारित परीक्षा सिटको सुनिश्चितता र हाम्रो मासिक रु ४८ हजार रुपैयाँ निर्वाह भत्तालाई लिएर अदालतमा मुद्दा दायर भएको छ ।

उक्त मुद्दामाथि आज सुनुवाई हुने सम्भावना रहेको छ । यसअघि भएको निर्णय कार्यान्वयनको माग राख्दै आवासीय चिकित्सक केही दिनदेखि आन्दोलित छन् । सरकारले आवासीय चिकित्सकलाई मासिक ४८ हजार रुपैयाँ निर्वाह भत्ता दिने निर्णय गरेको दुई महिना बित्दा पनि कलेज सञ्चालकले सुनुवाई नगरेपछि उनीहरु काम छाडेर आन्दोलनमै उत्रिनुपरेको हो ।
चिकित्सा शिक्षा आयोगको १६ औं बैठकले आवासीय चिकित्सकलाई निर्वाह भत्ता ४८ हजार रुपैयाँ दिनुपर्ने निर्णय गरेको हो । त्यसअघि उनीहरुले जम्मा १९ हजारदेखि २४ हजारसम्म मात्र निर्वाह भत्ता दिँदै आइरहेका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

सामाग्री श्रोत :
नेपाललाइभ