२०८२ श्रावण ११ शनिबार
LATEST NEWS
२०८२ श्रावण ११ शनिबार

सामाजिक सञ्जालको अत्यधिक प्रयोगले आत्महत्या बढ्यो, डिजिटल डिटक्स कार्यक्रम ल्याऔं: बराल

काठमाडौँ । नेकपा एमालेकी सांसद सुनिता बरालले नेपालमा आत्महत्याको दर भयावह रूपमा बढेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छिन् । बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सामाजिक सञ्जालको अत्यधिक प्रयोगका कारण युवाहरूमा मानसिक समस्या बढेको र त्यसले आत्महत्यासम्मको अवस्थामा पुऱ्याएको धारणा राखिन् । उनले युवाहरूका लागि ‘डिजिटल डिटक्स’ र साइबर सुरक्षा सम्बन्धी कार्यक्रम ल्याउनुपर्नेमा जोड दिइन् ।

डिजिटल डिटक्स भनेको एक निश्चित समयको लागि स्मार्टफोन, कम्प्युटर, ट्याब्लेट, सामाजिक सञ्जाल लगायतबाट स्वेच्छाले टाढा रहनु हो । यो एक प्रकारले डिजिटल संसारको तनाव, कोलाहल र नकारात्मक असरबाट आफूलाई मुक्त गरी मानसिक र शारीरिक रूपमा आराम दिने प्रक्रिया हो ।

नेपाल प्रहरीको तथ्याङ्क उद्धृत गर्दै सांसद बरालले गत आर्थिक वर्षमा मात्रै ६ हजार १०२ जनाले आत्महत्या गरेको बताइन् । आत्महत्याको प्रमुख कारणमध्ये सामाजिक सञ्जालको दुरुपयोग पनि एक रहेको उनले औंल्याइन् ।

“जर्नल अफ एडोलसेन्ट हेल्थको अध्ययनअनुसार दैनिक ६ घण्टाभन्दा बढी सामाजिक सञ्जाल प्रयोग गर्ने व्यक्तिहरूमा चिन्ता, डिप्रेसन र आत्मसम्मानमा ठेस पुग्ने जस्ता समस्या देखिने गरेको छ,” बरालले भनिन्, “यसले गर्दा निन्द्रा बिग्रने र एक्लोपन बढ्दै जाँदा व्यक्ति आत्महत्याको बाटोमा पुग्ने गरेको अनुसन्धानले देखाएको छ ।”

यो समस्या समाधानका लागि उनले सरकारले तत्काल ठोस कदम चाल्नुपर्नेमा जोड दिइन् । उनले विशेषगरी युवा युवती र फ्रन्टलाइनमा काम गर्नेहरूका लागि ‘डिजिटल डिटक्स’ कार्यक्रम, साइबर सुरक्षा सम्बन्धी शिक्षा र सहज मानसिक स्वास्थ्य परामर्श सेवा उपलब्ध गराउनु अत्यावश्यक भएको बताइन् ।

सांसद बरालले सामाजिक सञ्जालको प्रयोगलाई सुरक्षित र उत्तरदायी बनाउँदै नागरिकको मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्न सरकारसँग आग्रह गरिन् ।

पछिल्लो अध्यावधिक: साउन ८, २०८२ १४:५५





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट