काठमाडौँ । फोन र कम्प्युटर दुई भिन्न उपकरण भए पनि कहिलेकाहीँ एउटाबाट अर्को चलाउनुपर्ने आवश्यकता पर्न सक्छ । विशेषगरी हामी कुनै उपकरणबाट भौतिक रूपमा टाढा हुँदा यस्तो अवस्था आइपर्छ । यसबाहेक काममा सहजताका लागि पनि कम्प्युटरबाट फोन वा फोनबाट कम्प्युटर चलाउनु उपयोगी हुन्छ । आज हामी कम्प्युटरबाट फोन (एन्ड्रोइड) र फोनबाट कम्प्युटर (पीसी) कसरी चलाउन सकिन्छ भन्ने विषयमा जानकारी दिँदैछौं:

फोनबाट कम्प्युटर कसरी प्रयोग गर्ने ?
फोनबाट कम्प्युटर चलाउनका लागि क्रोमको रिमोट डेस्कटप एप प्रयोग गर्न सकिन्छ । रिमोट डेस्कटप एप प्रयोग गर्ने तरिका:
-
सबैभन्दा पहिले यहाँ क्लिक गरेर एन्ड्रोइड डिभाइसमा क्रोम रिमोट डेस्कटप एप इन्स्टल गर्नुहोस् ।
-
त्यसपछि कम्प्युटरमा यहाँ क्लिक गरेर क्रोम रिमोट एक्सेस डाउनलोड गर्नुहोस् ।
-
यति गरिसकेपछि डाउनलोड भएको .exe फाइल इन्स्टल गर्नुहोस् ।
-
अनि इन्स्टल भएको फाइल खोल्नुहोस् । त्यसपछि तपाईंलाई त्यहाँ गुगल अकाउन्ट राखेर साइनइन गर्न भनिन्छ । जुन गुगल अकाउन्ट मोबाइलमा छ, त्यही गुगल अकाउन्ट राखेर उक्त एपमा साइन इन गर्नुहोस् ।
-
यति गरेपछि रिमोट एक्सेस सेटअप गर्नुपर्ने हुन्छ । त्यस क्रममा तपाईंले आफ्नो कम्प्युटरको नाम के राख्ने भन्ने छनोट गर्नुपर्ने हुन्छ । नाम राख्नुहोस् र ‘नेक्स्ट’ बटनमा ट्याप गर्नुहोस् ।
-
यति गरेपछि तपाईंलाई पिन सेटअप गर्न भनिन्छ । आफूलाई सहज लाग्ने पिन राख्नुहोस् । र, तलपट्टि देखिएको ‘स्टार्ट’ बटनमा क्लिक गर्नुहोस् ।
-
अनि अब आफ्नो फोनमा रिमोट डेस्कटप एप खोल्नुहोस् । कम्प्युटरमा तपाईंले जुन गुगल अकाउन्ट प्रयोग गर्नुभएको थियो त्यही अकाउन्ट फोनमा पनि छ भने त्यहाँ नाम देखिन्छ ।
-
त्यही डेस्कटपको नाममा ट्याप गर्नुहोस् । अनि पहिले राखेको पिन राख्नुहोस् ।
-
यति गरेपछि तपाईंको कम्प्युटरको पुरै एक्सेस फोनमा जान्छ । अर्थात् जति टाढा भए पनि तपाईंको फोनबाटै कम्प्युटर नियन्त्रण गर्न सकिन्छ । तर, तपाईंको कम्प्युटर इन्टरनेटको पहुँचमा भने हुनुपर्छ ।
-
फोनमा कम्प्युटर प्रयोग गर्दा माथिपट्टि स्क्रिन जुम-इन जुम-आउट गर्ने, किवर्ड अन अफ गर्ने, टचप्याड प्रयोग गर्ने जस्ता अप्सन देखिन्छन् । आवश्यकता अनुसार ती अप्सन प्रयोग गर्न सकिन्छ । अन्त्यमा छेउमा भएका तीन ओटा डटमा ट्याप गरी डिस्कनेक्ट गर्न सकिन्छ ।
कम्प्युटरबाटै फोन कसरी एक्सेस गर्ने ?
सुरुमा यसबारे केही जानकारी लिऔं:
-फोन र कम्प्युटर सिङ्क गर्न विन्डोज १० (मे २०१९ पछिको अपडेट) र विन्डोज ११ मा मात्र सकिन्छ ।
-कनेक्ट गर्ने फोन र कम्प्युटर एउटै इन्टरनेटबाट चल्नुपर्ने हुन्छ ।
-एन्ड्रोइडको भर्सन ८ वा सोभन्दा माथि हुनुपर्छ भने आईओएस १५ अथवा सोभन्दा माथि हुनुपर्छ ।
-तपाईंको कम्प्युटर डिरेक्ट एक्स ११ सपोर्ट गर्ने ग्राफिक्स कार्ड (जीपीयू) हुनुपर्छ ।
अब यो सेटअप कसरी गर्नेभन्नेबारे चर्चा गरौं:
-सबैभन्दा पहिले आफ्नो कम्प्युटरमा विन्डोज बटनमा क्लिक गरेर ‘फोन लिङ्क’ सर्च गर्नुहोस् ।
-माथि फोटोमा चिन्ह लगाइएको एप खोल्नुहोस् । यस एप खुलेपछि तपाईंलाई डिभाइस छान्ने विकल्प आउँछ । तपाईंले आईओएस तथा एन्ड्रोइडमध्ये कुनै एक छान्नु पर्ने हुन्छ ।
-यसपछि लगइन विकल्प आउँछ । जहाँ तपाईंले आफ्नो माइक्रोसफ्ट अकाउन्टबाट लगइन गर्नुपर्ने हुन्छ ।
-लगइन पछि तपाईंले एउटा क्यूआर पाउनुहुन्छ । जसलाई तपाईंले आफ्नो मोबाइल फोनबाट स्क्यान गर्नुपर्ने हुन्छ । यसपछि कम्प्युटरको सोही एपमा देखिने कोड मोबाइल फोन देखिएको ठाउँमा राख्नुपर्ने हुन्छ ।
-यति गरिसकेपछि अब तपाईंले आफ्नो स्मार्टफोनमा केही काम गर्नुपर्छ । विशेषतः त्यो काम आवश्यक पर्मिसन दिने हो । फोनमा यति काम सकिएपछि पुन: विन्डोज कम्प्युटरमा फर्कनु पर्ने हुन्छ ।
-अब स्मार्टफोनमा जसरी नै तपाईंले आफ्नो कम्प्युटरमा पनि फोन लिङ्कमा पर्मिसन दिँदै जानुपर्ने हुन्छ । त्यति गरेपछि फोन र विन्डोज कनेक्ट गर्ने काम सकिन्छ ।
-तपाईंले फोन र विन्डोज कनेक्ट भएको जानकारी स्मार्टफोनको नोटिफिकेसन र फोन लिङ्क एपमा पाउनुहुन्छ ।
-विन्डोजमा भएको फोन लिङ्क एपमा आफ्नो फोनको विवरण देख्न सक्नुहुन्छ ।
-फोन लिङ्क एपको मध्य भागको माथितिर मेसेज, फोटो, कल जस्ता विकल्प हुन्छन् । त्यहीँ नै तपाईंले स्मार्टफोनमा भएका एपहरू देख्न सक्नुहुन्छ । अनि बायाँ भागतिर नोटिफिकेसन र माथिल्लो बायाँ भागमा तपाईंले फोनको ब्याट्री, नेटवर्क जस्ता विवरण देख्नुहुन्छ ।
अब यसबाट फोन गर्ने, मेसेज गर्ने, एप चलाउने, नोटिफिकेसन हेर्ने, फोटो हेर्ने जस्ता काम गर्न सक्नुहुन्छ । तर यसक्रममा तपाईंले आफ्नो कम्प्युटर फोनको ब्लुटुथ भने कनेक्ट गर्नुपर्ने हुन्छ ।
नोट: यस तरिका एन्ड्रोइड तथा आईओएस दुवैमा गर्न सकिन्छ । यसबारे थप जानकारी लिन यहाँ क्लिक गर्नुहोस् ।
अर्को विकल्प
कम्प्युटरबाटै फोन कसरी एक्सेस गर्ने ?
-
सबैभन्दा पहिले यहाँ क्लिक गरेर फोनमा एयरड्रोइड एप इन्स्टल गर्नुहोस् ।
-
त्यसपछि आफ्नो मोबाइलमा एप खोल्नुहोस् । र, साइनअपको अप्सनमा गएर आफ्नो ईमेल, चाहेको पासवर्ड र निकनेम राख्नुहोस् । अनि ईमेलमा आएको कोड राखेर भेरिफाई गर्नुहोस् ।
-
यति गरिसकेपछि कम्प्युटरमा यहाँ क्लिक गरेर एयरड्रोइडको साइटमा जानुहोस् ।
-
र, लगइन विवरण राख्नुहोस् । यति गरेपछि तपाईंले फोनको के के एक्सेस गर्न खोज्नुभएको हो भन्ने देखिन्छ । जस्तै फोटोज, कन्ट्याक्ट्स, मेसेज, भिडिओ, फाइल्स, म्युजिक आदि ।
-
तपाईंले कम्प्युटरबाट फोनको जे फिचर प्रयोग गर्न खोज्नु भएको हो त्यसको पर्मिसन फोनलाई दिनुपर्ने हुन्छ । यसरी फोनकै विभिन्न फाइलहरू फोनबाटै एक्सेस गर्न सकिन्छ ।
पछिल्लो अध्यावधिक: असार २९, २०८२ १४:८
सामाग्री श्रोत :
टेक पाना