काठमाडौँ । नेपाल टेलिकमले पाटन दूरसञ्चार कार्यालय अन्तर्गतका विभिन्न क्षेत्रमा फाइबर-टु-द-होम (एफटीटीएच) नेटवर्कको आन्तरिक मर्मत-सम्भारका लागि सेवा अवरुद्ध हुनसक्ने जानकारी दिएको छ । जसका कारण तीन दिनसम्म रातको समयमा टेलिफोन, इन्टरनेट र टिभी सेवा प्रभावित हुनसक्ने भएको छ ।

टेलिकमले जारी गरेको सूचना अनुसार, आइतबार, सोमबार र मंगलबार राति ११ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्म एफटीटीएच सेवा अवरुद्ध हुनसक्ने छ । टेलिकमले मर्मत तालिका सार्वजनिक गर्दै ग्राहकमा पर्न जाने असुविधाप्रति क्षमा मागेको छ ।
सेवा अवरुद्ध हुने क्षेत्र:
असार २९: चक्रपथ पारिका एकान्तकुना, कुसुन्ती, थसिखेल, महालक्ष्मी स्थान,नख्खुडोल शोभाहिटी ।

असार ३०: मङ्गल बजार, कृष्ण मन्दिर, पिमबहाल, ना:टोल, डौबहाल ।
असार ३१: धोबीघाट, मलपोखरी, बागडोल, नख्खु विष्णुदेवी ।
तोकिएको समयभन्दा अघि मर्मत सकिएमा सेवा चाँडै सुचारु हुनसक्ने टेलिकमले जनाएको छ । यदि निर्धारित समयपछि पनि सेवा सुरु नभए टेलिकमको ग्राहक सेवा केन्द्र १९८ वा कार्यालयको टेलिफोन नम्बर ०१-५४२३३६३ मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।
पछिल्लो अध्यावधिक: असार २९, २०८२ ८:१८
सामाग्री श्रोत :
टेक पाना