२०८२ असार २९ आईतवार
LATEST NEWS
२०८२ असार २९ आईतवार

युट्युब शर्ट्सबाट दिक्क हुनुहुन्छ ? यसरी पाउनुहोस् छुटकारा

काठमाडौँ । टिकटकसँग प्रतिस्पर्धा गर्न युट्युबले ल्याएको छोटो भिडिओ फिचर ‘शर्ट्स’ अहिले विश्वभर निकै लोकप्रिय बनेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नील मोहनका अनुसार, हाल शर्ट्समा दैनिक २०० अर्बभन्दा बढी भ्युज आउने गरेको छ । नेपालको युट्युब ट्रेन्डिङमा समेत करिब ९० प्रतिशत भिडिओ शर्ट्स नै देखिनुले यसको बढ्दो प्रभावलाई प्रस्ट पार्छ ।

तर, लामो भिडिओ हेर्न रुचाउने कतिपय प्रयोगकर्ताका लागि छोटा भिडिओ ध्यान भङ्ग गर्ने र अनावश्यक लाग्न सक्छन् । त्यसैले जसरी यसलाई मन पराउनेहरू छन्, त्यसरी नै यसबाट दिक्क हुनेको सङ्ख्या पनि ठुलो छ । 

खासगरी त्यसमा देखिने असान्दर्भिक र बेतुकका शर्ट्स धेरैका लागि टाउको दुखाइका विषय हुन सक्छन् । त्यस्तै छोटा भिडिओका लागि फेसबुक र इन्स्टाग्रामका रिल्स अनि टिकटक हेर्ने प्रयोगकर्तालाई युट्युबको यो फिचर मन नपरेको हुन सक्छ ।

यही समस्यालाई लिएर डेभिड स्कार्पियो नामका एक ‘एक्स’ प्रयोगकर्ताले युट्युबलाई शर्ट्स बन्द गर्ने सुविधा थप्न आग्रह गरेका थिए । जवाफमा कम्पनीले हाल यस्तो योजना नभए पनि उक्त सुझावलाई सम्बन्धित टिमसमक्ष पुर्‍याइएको जानकारी दिएको थियो ।

यदि तपाईं पनि युट्युब शर्ट्सबाट छुटकारा चाहनुहुन्छ भने यसको समाधान एउटा क्रोम एक्सटेन्सनको रूपमा उपलब्ध छ । धेरै प्रयोगकर्ताहरूले यस्ता एक्सटेन्सनबारे जानकारी दिएका छन् । जसलाई इन्स्टल गरेपछि तपाईंको युट्युब फिड र सर्च रिजल्टमा शर्ट्स देखिने छैनन् । यद्यपि ट्रेन्डिङ सेक्सनमा भने शर्ट्सहरू यथावत् देखिन सक्छन् । यहाँ यहाँ क्लिक गरेर ब्राउजरमा शर्ट्स डिसेबल गर्न सक्नुहुन्छ । यो टिप्स मोबाइल एपका लागि भने काम लाग्दैन ।

पछिल्लो अध्यावधिक: असार २८, २०८२ १६:११





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट