२०८२ असार २४ मंगलवार
२०८२ असार २४ मंगलवार

डिपफेक भिडिओ र पोस्टर बनाएर सन्दीप महेश्वरीलाई हैरान पार्दै स्क्यामर, भनेः नझुक्किनु होला

काठमाडौँ । भारतीय मोटिभेसनल स्पिकर सन्दीप महेश्वरीले आफ्नो नाम र भिडिओलाई एआईको माध्यमबाट दुरुपयोग गरी ठगी भइरहेको खुलासा गरेका छन् । हालै एक भिडिओ सार्वजनिक गर्दै महेश्वरीले सर्वसाधारणलाई सचेत रहन आग्रह गरेका हुन् । 

महेश्वरीका अनुसार स्क्यामरले ‘डिपफेक’ प्रविधिको प्रयोग गरी उनको आवाज र भिडिओ नक्कल गरेर युट्युब र इन्स्टाग्राम जस्ता सामाजिक सञ्जालमा शेयर बजारसम्बन्धी नक्कली कोर्सको प्रचार गरिरहेका छन् । 

“केही व्यक्तिले डिपफेक प्रयोग गरी मेरो भिडिओ बनाएका छन्, जसमा मैले कुनै शेयर बजारको कोर्सलाई प्रमोट गरिरहेको जस्तो देखिन्छ,” उनले भनेका छन्, “यसका साथै उनीहरूले मेरो तस्बिर प्रयोग गरेर इन्स्टाग्राममा विभिन्न विज्ञापनहरू पनि चलाइरहेका छन् ।”

उनले आफ्नो कानुनी टिमले यस विरुद्ध कारबाही गरिरहेको भए पनि यो समस्या रोक्न सबैको सहयोग आवश्यक रहेको बताए । उनले आफ्ना समर्थकलाई यस्ता कुनै पनि नक्कली विज्ञापन देख्ने बित्तिकै सम्बन्धित प्लेटफर्ममा तुरुन्त ‘रिपोर्ट’ गर्न आग्रह गरेका छन् । “यदि तपाईँले इन्स्टाग्राम वा युट्युबमा यस्तो विज्ञापन देख्नुभयो भने त्यसलाई तुरुन्त रिपोर्ट गर्नुहोस्,” उनले अगाडि भने, “यसो गर्दा उनीहरूको एड अकाउन्ट नै ब्लक हुन्छ । जुन यो समस्याको स्थायी समाधान हो ।”

महेश्वरीले एआई प्रविधिको खतरालाई औँल्याउँदै आजभोलि वास्तविक र एआई-सिर्जित भिडिओ सजिलै छुट्याउन लगभग असम्भव जस्तै भएको बताए । कुनै पनि उत्पादन वा सेवालाई आफूले साँच्चै प्रमोट गरेको हो वा होइन भनी जाँच्नका लागि उनले सबैलाई आधिकारिक युट्युब च्यानल र सामाजिक सञ्जाल अकाउन्ट हेर्न सुझाएका छन् । 

“यदि कुनै प्रचार मेरो आधिकारिक च्यानलमा छैन भने त्यो ठगी हो,” उनले स्पष्ट पार्दै भनेका छन् । आफू वा आफ्नो टिमले मात्रै यस्ता ठगलाई रोक्न नसक्ने भन्दै उनले सबैको साथ र सहयोग अनिवार्य रहेकोमा जोड दिए । उनले आफ्ना दर्शकलाई यस्ता ठगीबाट आफू पनि बच्न र यस्ता ठगलाई रिपोर्ट गरेर लाखौँ अन्य मानिसलाई पनि बचाउन आग्रह गरेका छन् ।


 

पछिल्लो अध्यावधिक: असार २३, २०८२ २२:१६





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट