२०८२ असार २३ सोमबार
२०८२ असार २३ सोमबार

कार्यदल बनाएर संविधान संशोधन प्रक्रिया अगाडि बढाउन कांग्रेसको निर्णय

काठमाडौं– नेपाली कांग्रेसले संविधान संशोधन प्रक्रिया अगाडि बढाउन कार्यदल बनाउने निर्णय गरेको छ। 

पार्टी कार्यालयमा सम्पन्न कांग्रेसको केन्द्रीय समितिको बैठकले सात बुँदे सहमति अनुरुप संविधान संशोधनका लागि कार्यदल बनाउने निर्णय गरेको हो।

पार्टी प्रवक्ता प्रकाशशरण महतले दलहरूसँगको छलफल र आवश्यकताका आधारमा संविधान संशोधनको प्रक्रिया अगाडि बढाउने गरी कार्यदल गठन गर्ने निर्णय भएको बताए।

‘कांग्रेस-एमालेबीच गठबन्धन हुने क्रममा सात बुँदे सहमति भएको थियो। त्यसमा संविधान संशोधनको विषय पनि समेटिएको थियो। ढिलै भए पनि त्यो प्रक्रियालाई अघि बढाउने निर्णय भएको छ। त्यसका लागि कार्यदल बनाएर आवश्यकताका आधारमा संविधान संशोधनको विषय निर्क्योल गर्ने र एमालेलगायत अन्य दलसँग पनि छलफल गर्ने निर्णय भएको छ,’ उनले भने।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट