२०८२ असार २३ सोमबार
२०८२ असार २३ सोमबार

चिकित्सकको आन्दोलनबाट बिरामी मर्कामा, क्यान्सरको केमो चढाउन आएका बिरामीले समेत पाएनन् सेवा

काठमाडौँ- नेपाल चिकित्सक संघले देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सेवा ठप्प पार्दा ओपिडी सेवा लिन टाढा टाढाबाट अस्पताल पुगेका बिरामी अलपत्र परेका छन्।

उपभोक्ता अदालतले चिकित्सकीय अभ्याससम्बन्धी पछिल्ला मुद्दामा सुनाएको फैसलाले नेपाल मेडिकल काउन्सिलको  क्षेत्राधिकारमाथि हस्तक्षेप भएको भन्दै नेपाल चिकित्सक संघले आज देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प पारेको जनाएको छ।

निजामती कर्मचारी अस्पताल परिसरमा भेटिएका अमृतकुमार गिरी गत फागुनदेखि क्यान्सरको समस्याबाट पीडित छन्। विराटनगर निवासी उनी आज छैटौं किमो लिनका लागि निजामती कर्मचारी अस्पताल आइपुगेका थिए।

‘आज ब्लडको रिपोर्ट देखाएर भोलिका लागि किमो दिने समय लिएको थियो,’ उनले भने- ‘अस्पताल आएपछि लाइन बस्न भनियो,’ ‘चिकित्सक हड्ताल तथा बेड नपाएका कारण घर फर्किनुपर्ने अवस्था भयो।’

यसरी अचानक अस्पताल बन्द हुँदा रोगमाथि रोग थपिने उनी बताउँछन्। बिना जानकारी बन्द गराइनु गएर जिम्मेवारीपूर्ण कार्य भएको उनको तर्क छ। यो समस्या छिटोभन्दा छिटो निकास हुँदा आफू जस्ता बिरामीले न्याय पाउने गिरीको विश्वास छ।

शरीरमा रगत कमीको समस्यासँग जुधिरहेका छोरालाई संखुवासभाका पासाङ शेर्पाले निजामती कर्मचारी अस्पतालमा परीक्षण गराउँदै आएका छन्। एक महिना अगाडि परीक्षण गराएर गएका उनको आज फलोअपका लागि समय तोकिएको थियो। अस्पताल आइसकेपछि मात्रै उनले आज चिकित्सक हड्तालका कारण सेवा पाउन नसकिने जानकारी पाए। यसरी बिना जानकारी सेवा अवरुद्ध हुँदा आफूजस्ता धेरै बिरामीहरु समस्यामा परेकोमा उनको गुनासो छ।

वीर अस्पताल परिसरमा भेटिएकी विष्णुमाया श्रेष्ठ सुगर तथा प्रेसरको समस्याबाट ग्रसित छिन्। उनलाई चिकित्सक हडतालको बारेमा अस्पताल आएपछि मात्रै जानकारी भयो। अस्पताल जस्तो संवेदनशील क्षेत्रमा गरिने बन्द हडतालले बिरामीहरूलाई पीडामाथि पीडा थप्ने उनको तर्क छ। सकभर यस्ता बन्द हडताल बिना नै समस्याको समाधान गर्न सके बिरामीले दुःखमाथि दुःख भोग्नुपर्ने स्थिति नहुने उनलाई लाग्छ।

सर्लाही निवासी अजित कुमार मिश्रले सुगरको समस्याबाट ग्रसित आफ्ना बुवालाई पाँच दिन अगाडि वीर अस्पताल ल्याएका थिए। विभिन्न प्रकारका परीक्षण गर्दा उनको चार दिन काठमाडौंमै बित्यो। उनलाई आज ओपिडी बन्द हुने बारे कुनै जानकारी नभएको बताउँछन्। उपचारका लागि पाँच दिनदेखि काठमाडौं बस्दा ल्याएको पैसा सकिएको अवस्थामा अझै आन्दोलन थपिए घर कसरी फर्किने भन्नेमा उनी चिन्ता व्यक्त गर्छन्।

 

 

सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट