२०८२ असार २३ सोमबार
LATEST NEWS
२०८२ असार २३ सोमबार

जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ

काठमाडौँ– अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) का मधेस प्रदेश अध्यक्ष अशोक यादवले मधेस आज नभए भोलि अलग हुने अभिव्यक्ति दिएका छन्। 

नेपाल प्रहरीको खोजी सूचीमा रहेका यादवले एक भिडियो सन्देश जारी गर्दै सो कुरा बताएका हुन्।

उनले नेपालका शासकमा नश्लीय चिन्तन रहेको आरोप लगाएका छन्। मधेशीलाई दोस्रो नागरिकको दर्जा दिइएको भन्दै उनले मधेश अलग हुन आवश्यक रहेको भनेर आफूले पटक-पटक सोंचेको बताएका छन्।

पूर्वसांसद यादवले भिडियो सन्देश सार्वजनिक गर्दै भनेका छन्, ‘मधेश कुनै न कुनै समय अलग हुन्छ। म रहुँ वा नरहुँ।’

‘जय बिहार, जय नेपाल, जय भारत’ भनेर भिडिओ सन्देश सुरु गरेका यादवले आफूलाई पक्राउ गर्नबाट जोगाउन भारतीय प्रहरी अधिकारीहरुसँग याचना पनि गरेका छन्।

उनले बिहारका सम्पूर्ण जनता, बिहारका सबै राजनीतिक दलका जनप्रतिनिधिहरू, नेतागण, बिहारका सम्पूर्ण प्रहरी अधिकारी र प्रहरीकर्मी प्रशासनलाई अपिल गरेका छन्।

उनले भनेका छन्– ‘भारतमा नेपालका आन्दोलनकारीहरूलाई शरण मिल्दै आएको छ। सुरुदेखि नै हरेक विभिन्न किसिमका आन्दोलन भए। र आन्दोलनकारी कोही अपराधी वा हत्यारा होइनन्। तर स्थानीय स्तरमा सर्लाहीका एसपी र डीएसपी गुण्डागर्दी गर्दै भारतीय सेवा क्षेत्रमा, सीमावर्ती इलाकाका मानिसहरूलाई गलत आरोप लगाएर हामीले गलत काम गर्‍यौँ, हाम्रा आफन्तहरू‘ मेरा आफन्तका घरमा गएर छापा मारे। र छापा मारिरहेका छन् अहिलेसम्म। अतः म बिहार सरकारसँग आग्रह एवं बिहारका सबै मानिसहरू तथा जनप्रतिनिधि र प्रहरी प्रशासनसँग आग्रह गर्दछु कि यो विदेशको मामला हो र राजनीतिक मामला हो। र हामीहरू आन्दोलनको लडाइँ अहिलेसम्म लडिरहेका छौँ। जनताको लडाइँ लडिरहेका छौँ। भारतमा हाम्रो शरण स्थल छ। भारतको हामीलाई समर्थन मिल्नुपर्छ, मिलेको छ।’

प्रहरी स्रोतका अनुसार यादव भारततर्फ फरार भइसकेका छन्। यद्यपि, आइतबार उनले सामाजिक सञ्जालमार्फत आफू फरार नभएको र छोराको उपचारको लागि आएको दाबी गरेका थिए।  सोमबार उनले अर्को भिडियो सन्देश जारी गरेका छन्। उनले यसमा बिहारका सम्पूर्ण जनता, बिहारका सबै राजनीतिक दलका जनप्रतिनिधिहरू, नेतागण, बिहारका सम्पूर्ण प्रहरी अधिकारी र प्रहरीकर्मी प्रशासनलाई अपिल गरेका छन्।

सर्लाही जिल्ला प्रहरी कार्यालयका प्रमुख (एसपी) योगेन्द्रकुमार खड्कालाई गालीगलौज गरेको अडियो भाइरल भएपछि यादव फरार भएका छन्। मधेस प्रदेश प्रहरीका प्रमुख डीआईजी उमाप्रसाद चतुर्वेदीका अनुसार अदालतबाट पक्राउ पुर्जी जारी भएपछि यादवको तीव्र रूपमा खोजीकार्य भइरहेको छ। 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट