२०८२ असार २३ सोमबार
२०८२ असार २३ सोमबार

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं, नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ। सो अनुसार साउदी अरेवियन रियाल एकको खरिद दर ३६ रुपैंयाँ ३६ पैसा तथा विक्रीदर ३६ रुपैंयाँ ५२ पैसा तोकिएके छ । यसैगरी युएई दिराम एकको खरिददर ३७ रुपैंयाँ १द्द पैसा तथा विक्रि दर ३७ रुपैंयाँ २८ पैसा रहेको छ ।
कतारी रियाल एकको खरिददर ३७ रुपैया ३० पैसा तथा विक्री दर ३७ रुपैंयाँ ४७ पैसा तोकिएको छ । मलेसियन रिंगिट एकको खरिददर ३२ रुपैयाँ ३० पैसा तथा विक्रि दर ३२ रुपैयाँ ४४ पैसा तोकिएको छ ।
यसैगरी कुबेती दिनार एकको खरिददर ४४७ रुपैयाँ १६ पैसा र बिक्रीदर ४४९ रुपैयाँ १३ पैसा छ। हिजो कुबेती दिनार एकको खरिददर ४४६ रुपैयाँ ६७ पैसा र बिक्रीदर ४४८ रुपैयाँ ६४ पैसा थियो।
आज बहराइन दिनार एकको खरिददर ३६१ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३६३ रुपैयाँ २४ पैसा छ। हिजो बहराइन दिनार एकको खरिददर ३६१ रुपैयाँ ६७ पैसा र बिक्रीदर ३६३ रुपैयाँ २६ पैसा थियो।
यसैगरी नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ३४ पैसा र बिक्रीदर १३६ रुपैयाँ ९४ पैसा छ। हिजो र अस्ती पनि अमेरिकी डलरको विनिमयदर यही थियो। गएको माघ २५ गते अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ ४३ पैसा थियो। नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो हो।
त्यसैगरि आज युरो एकको खरिददर १६० रुपैयाँ ५९ र बिक्रीदर १६१ रुपैयाँ ३० पैसा छ। हिजो युरो एकको खरिददर १६० रुपैयाँ ५८ र बिक्रीदर १६१ रुपैयाँ २९ पैसा थियो।
यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने राष्ट्र बैंकले जनाएको छ।

सामाग्री श्रोत :
deshparadesh

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट