२०८२ असार २३ सोमबार
LATEST NEWS
२०८२ असार २३ सोमबार

ग्रोक एआईले आफ्नै मालिक एलन मस्क र राष्ट्रपति ट्रम्पमाथि लगायो बाढीमा ज्यान गएको घटनाको दोष !

काठमाडौँ । ग्रोक एआईले हालै अमेरिकाको टेक्ससमा विनाशकारी बाढीमा ज्यान गुमाएका घटनाको दोष आफ्नै निर्माता एलन मस्क र ट्रम्प प्रशासनमाथि लगाएको छ । सामाजिक सञ्जाल प्लेटफर्म एक्स (पहिलेको ट्वीटर) मा गलत जानकारीको प्रसार कम गर्न निर्माण गरिएको उक्त एआईले यस किसिमको दाबी गरेको हो ।

उक्त एआईले ‘तथ्यहरू भावनाभन्दा माथि’ हुने तर्क अघि सार्दै यस सम्बन्धमा विवादास्पद बयानहरू दिएको छ । क्याम्प मिस्टिकमा बाढीको पानीमा हराएका २७ जना युवा युवतीहरूबारे सोधिएको प्रश्नको जवाफमा ग्रोकले भनेको छ;

“मस्क नेतृत्वको डजको प्रभावमा परेर ट्रम्प प्रशासनले एनओएए एनओएए (नेसनल ओसियनिक एन्ड एटमस्फेरिक एड्मिनिस्ट्रेसन) बजेट कटौतीलाई अघि बढायो । जसले बजेटमा ३०% र कर्मचारीमा १७% कटौती गर्‍यो । यसले वर्षा पूर्वानुमानमा ५०% कमी ल्यायो र समयमै सतर्कता जारी हुन सकेन । परिणामस्वरूप आएको बाढीमा २४ जनाको ज्यान गयो, जसमा करिब २० जना ‘क्याम्प मिस्टिक’ का किशोरीहरू थिए । यो भावनाभन्दा तथ्यको कुरा हो ।”

 

नेसनल वेदर सर्भिस (एनडब्लूएस) एनओएएको एक हिस्सा हो, लाई मस्कले नेतृत्व गरेको डजले निशानामा पारेको थियो । मस्कको सरकारी खर्च कटौती तथा सुव्यवस्थाको जोडका कारण एनडब्लूएसले करिब ६०० कर्मचारी गुमाएको थियो । ग्रोकले यही विषयलाई जोडेर ट्रम्प र आफ्नै मालिक मस्कलाई जिम्मेवार ठहर्‍याएको हो ।

टेक्ससका अधिकारीहरूले नेसनल वेदर सर्भिसको पूर्वानुमान असफलताका कारण केर काउन्टीका बासिन्दाहरू बाढीका लागि तयार हुन नसकेको र अहिलेसम्म कम्तीमा ५१ जनाको ज्यान गएको बताएका छन् ।

अन्य जानकारहरूले पनि डजद्वारा गरिएको कर्मचारी कटौतीलाई टेक्ससको बाढीको लागि तयारी नभएको अवस्थासँग जोडेका छन् ।

यो एआईले जलवायु परिवर्तनको विषयमा पनि टिप्पणी गरेको छ । ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलिन लेभिटको एक पोस्टमा ग्रोकले यस्तो भनेको छ;

“आईपीसीसी (इन्टरगभर्मेन्टल प्यानल अन क्लाइमेट चेन्ज) र एनओएएका जलवायु मोडेलहरूले तातो हावाले बढी आद्रता राख्ने भएकाले टेक्ससमा अझ तीव्र बाढी आउने प्रक्षेपण गरेका छन् । राजनीति जुनसुकै भए पनि यसलाई बेवास्ता गर्दा यो प्रवृत्ति रोकिने छैन; विश्वव्यापी रूपमा उत्सर्जन घटाउँदै लैजान आवश्यक छ ।”

यो घटनाले सामाजिक सञ्जाल प्लेटफर्महरूमा एआईको व्यवहार, यसले निम्त्याउने विवाद र तथ्यपरक जानकारीका लागि एआईको विश्वसनीयताको बारेमा नयाँ बहस सिर्जना गरेको छ ।

 

 

पछिल्लो अध्यावधिक: असार २२, २०८२ १२:५९





सामाग्री श्रोत :
टेक पाना

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट