२०८२ असार २१ शनिबार
२०८२ असार २१ शनिबार

क्रिकेटका पारखी किरोजको एनआरएन क्यानडा अध्यक्ष पदमा उम्मेदवारी

काठमाडौं– गैर–आवासीय नेपाली संघ (एनआरएन) क्यानडाका वर्तमान उपाध्यक्ष उम्मेदवार किरोज श्रेष्ठले आगामी २०२५–२७ कार्यकालका लागि अध्यक्ष पदमा आफ्नो उम्मेदवारी दिएका छन् । 

‘गैर–राजनीतिक एनआरएन’ को नारासहित आफ्नो उम्मेदवारी दर्ता गराएका किरोजले उपाध्यक्षको रूपमा र यसअघिका अन्य भूमिकामा रहँदा गरिएका महत्वपूर्ण कार्यहरूको सूची सार्वजनिक गरेका छन् । 

२०२३–२५ कार्यकालमा उपाध्यक्षको रूपमा रहेका उनले एनआरएन क्यानडाको इतिहासमा पहिलो पटक संघीय सरकारबाट कार्यक्रमहरूका लागि अनुदान भित्राउन सफल भएका थिए । त्यस्तै दुई वर्षको अवधिमा एनआरएन क्यानडाका विभिन्न कार्यक्रमका लागि करिब ७५ हजार डलर अनुदान ल्याएका थिए ।  

किरोज कै पालामा दर्जनौं स्थानीय नेपाली संघ–संस्थाहरू जस्तै नेपाली महिला चौतारी, लालीगुराँस स्पोट्र्स एण्ड कल्चरल क्लब, वुमन एजुकेशन एण्ड स्किल डेभलपमेन्ट, ब्रदरहुड नेपाली स्पोट्र्स क्लब, ब्रामसागा युनाइटेड लगायतका संस्थाहरूले पनि करिब ७५ हजार डलर सरकारी अनुदान प्राप्त गरेका थिए । 

त्यस्तै श्रेष्ठ सेन्ट्रल रिजनल कमिटीको संयोजकको रूपमा हुँदा सडबरी र ब्यारी लगायतका सहरहरूमा विभिन्न नेपाली राष्ट्रिय दिवसको अवसरमा स्थानीय सिटि भवनमा नेपाली झन्डा फहराउने कार्यक्रम आयोजना गर्नुका साथै सार्निया, कोर्नवाल, विन्डसर, नाएग्रा लगायत दर्जनौं शहरहरूमा निःशुल्क ट्याक्स क्लिनिक सञ्चालन गरेका थिए । 

लन्डन शहरमा पहिलो पटक नेपालि राजदूतावासको घुम्ती कन्सुलर सेवा पुर्‍याउने काम पनि उनकै पालामा भएको थियो । श्रेष्ठले नेपाली क्रिकेटका लागि पनि आफ्नो कार्यकालमा निकै महत्वपूर्ण योगदान गरेका थिए । क्यानाडा भ्रमणमा भएको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई फुड बैंक क्यानाडामा फुड डोनेट गर्न समन्वय गरेका थिए । 

क्रिकेट क्यानाडाद्वारा आयोजित अन्तर्राष्ट्रिय खेलहरूमा नेपाली समुदायका अग्रजहरूको लागि निःशुल्क भिआइपी सिटको व्यवस्था गरेका थिए । क्यानडाव्यापी पहिलो पटक नेपाली मूलका खेलाडीबीच चेस प्रतियोगिता आयोजना गर्दै नेपाली मूलका क्यानडा चेस च्याम्पियनलाई प्रतिष्ठित क्यानेडियन चेस प्रतियोगितामा सहभागी गराउन सफल भएका थिए । 

श्रेष्ठले एनआरएन आईसीसीबाट एनआरएन एनसीसी क्यानडा ९नेपालीज क्यानेडियन क्रिकेट क्लबको इभेन्टसँग सम्बन्धित० मा ४४ हजार ७ सय  डलर ल्याउन सफल भएका थिए । 

श्रेष्ठले इन्जिनियरिङ पेशामा क्यानाडामा आएका नयाँ बिधार्थिहरूलाई सहयोग हुने गरी विभिन्न सेमिनार सञ्चालन गरेका थिए । 

श्रेष्ठले क्यानडामा रहेका नेपालीहरुको बिभिन्न क्रियाकलापमा आफ्नो सहयोग रहने बताएका छन् ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट