२०८२ असार २१ शनिबार
२०८२ असार २१ शनिबार

बाहिरियो सामसङको नयाँ ट्राइफोल्ड फोनको डिजाइन, अर्को सातादेखि आउला त बजारमा ?

काठमाडौँ । दक्षिण कोरियाली प्रविधि कम्पनी सामसङले आफ्नो आगामी ‘मल्टीफोल्ड’ डिभाइसको डिजाइन अनायासै सार्वजनिक गरेको हुनसक्ने सङ्केत देखिएको छ । हालैको वन यूआई ८ बिल्ड अपडेटमा देखिएका केही एनिमेसनहरूले ट्राइफोल्ड सामसङ फ्ल्यागशिप फोन कस्तो देखिन सक्छ भन्नेबारे पहिलो झलक प्रदान गरेको उल्लेख छ । 

यो डिभाइस आगामी हप्ता सार्वजनिक हुने तयारीमा रहेको ह्वावेको डुअल-हिन्ज्ड फोल्डेबल फोनको प्रतिस्पर्धी हुने अपेक्षा गरिएको छ । लिक भएका एनिमेसनले डिभाइसको डुअल-हिन्ज्ड फोल्डिङ मेकानिजम, डिस्प्लेको संरचना, क्यामेरा सेटअप र एनएफसी चिपको स्थान स्पष्ट हुन्छ । 

यो डिभाइसको नाम ग्यालेक्सी जी फोल्ड नाम रहन सक्ने अनुमान गरिएको छ । यद्यपि वन यूआई ८ एनिमेसन फाइलहरूमा यसलाई मल्टीफोल्ड ७ को रूपमा लेबल गरिएको छ । सामसङले यस वर्षको जनवरीमा भएको आफ्नो अनप्याक्ड इभेन्टमा नयाँ फोल्डेबल फोनको पहिलो झलक देखाएको थियो, जसमा तीन स्क्रिन भएको फोनको सामान्य चित्रण पनि समावेश थियो । जुन हाल लिक भएको डिजाइनसँग मेल खान्छ ।

लिक भएको डिजाइनमा तीन ओटा प्यानल भएको डिभाइस देखिन्छ । यसको पछाडि ठुलो ट्रिपल-क्यामेरा सेटअप रहेको छ, जुन पूर्ण रूपमा अनफोल्ड गर्दा दायाँ-हातको प्यानलमा अवस्थित हुन्छ । एनिमेसनहरू हेर्दा एनएफसी चिप पनि यसै प्यानलमा राखिने सङ्केत दिन्छ ।

बीचको प्यानललाई कभर डिस्प्लेको रूपमा देखाइएको छ । यसमा फ्रन्ट-फेसिङ क्यामेरा पनि छ । जुन डिभाइस फोल्ड गरिएको बेला प्रयोग गर्न सकिन्छ । पूर्ण रूपमा अनफोल्ड गर्दा, फ्रन्ट-फेसिङ क्यामेरा पनि दायाँ पट्टि, अर्थात् पछाडिको ट्रिपल-क्यामेरा रहेको प्यानलमै अवस्थित हुन्छ ।

एक एनिमेसनले डिभाइस कसरी फोल्ड हुनेछ भनेर देखाएको छ । यसमा दुई फरक-फरक आकारका कब्जा (हिन्ज) देखिन्छन्, जसमा बायाँ-हातको डिस्प्ले भित्रतिर फोल्ड हुन्छ । जसले दायाँ-हातको डिस्प्ले माथिबाट स्यान्डविच हुने सङ्केत गर्दछ । 

अर्को एनिमेसनले प्रयोगकर्ताहरूलाई दायाँ-हातको प्यानल सुरुमा फोल्ड नगर्न चेतावनी दिन्छ । किनकि क्यामेरा मोड्युलले डिस्प्लेलाई समतल फोल्ड हुनबाट रोक्नेछ र बायाँ-हातको डिस्प्ले पुरै फोल्ड नभई डिभाइसलाई क्षति पुग्न सक्नेछ ।

भिडिओ स्रोत: एन्ड्रोइड अथोरिटी

रोचक कुरा के छ भने बायाँ-हातको प्यानलको पछाडिपट्टि पूर्ण रूपमा खाली देखिन्छ । जसले दायाँ-हातको प्यानललाई फोल्ड गर्न समतल सतह प्रदान गर्दछ ।

सामसङको यो फोल्डिङ मेकानिजम ह्वावे मेट एक्सटी अल्टिमेट डिजाइनले प्रयोग गरेको Z-आकारको फोल्डिङ मेकानिजमभन्दा फरक छ । ह्वावे मेट एक्सटी व्यावसायिक रूपमा उपलब्ध पहिलो ट्राइफोल्ड फोनको रूपमा गत सेप्टेम्बरमा सार्वजनिक भएको थियो । 

मेट एक्सटी यस्तो तरिकाले फोल्ड हुन्छ कि एक, दुई वा सबै तीन डिस्प्ले प्यानलहरू एकै पटक प्रयोग गर्न सम्भव हुन्छ । जसले गर्दा यो सामसङको अनुमानित डिजाइनभन्दा बढी बहुआयामिक छ । यद्यपि, ह्वावेको डिजाइनले प्यानलको केही भाग सधैँ खुला राख्छ ।

यो सामसङको आगामी फोल्डेबल फोनको अन्तिम डिजाइन नहुन सक्छ । र यसको बारेमा त्यति धेरै जानकारी उपलब्ध छैनन् । सामसङले आगामी हप्ता ९ जुलाईका लागि तय गरेको आफ्नो अनप्याक्ड इभेन्टमा यो डिभाइस समेत सार्वजनिक गर्ने चर्चा छ । उक्त कार्यक्रममा कम्पनीले आफ्नो जेड फोल्ड र जेड फ्लिप डिभाइसहरूको पछिल्लो भर्सन पनि सार्वजनिक गर्ने अनुमान छ ।

पछिल्लो अध्यावधिक: असार २०, २०८२ १५:५३





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट