२०८२ असार २१ शनिबार
२०८२ असार २१ शनिबार

तिलौराकोटलाई विश्व सम्पदा सूचीमा समावेश गर्ने प्रक्रियाका लागि पेरिस जाँदै पर्यटनमन्त्री

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचिकृतका लागि पहल गर्न फ्रान्स जान लागेको बताएका छन्।

शुक्रबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्ने सरकारको एजेण्डा रहेको र पेरिसमा हुने वर्ल्ड  हेरिटेज कमिटीको बैठकमा सहभागी हुन आफू त्यसतर्फ जान लागेको बताए।

उनले सरकारले तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न विगत लामो समयदेखि पहल गरिरहेको बताए।

२१ वटा देश सम्मिलित कमिटीमा कमिटीको बहुमतले निर्णय गर्नुपर्ने हुन्छ। त्यसमा एसियाबाट भारत, कतार, जापान, कोरिया लगायतका देशहरू रहेको मन्त्री पाण्डेले बताए। 

तिलौराकोटमा धेरै पुरातात्विक वस्तुहरू फेला परेको, त्यही बेलै औद्योगिकीकरण भएको, व्यवस्थित सिटी, पार्कहरू थिए, आधुनिक सहरमा हुने पूर्वाधार सबै थिए त्यही बेलामै भन्ने कुरा वैज्ञानिकहरूले पुष्टि गरेको अवस्था रहेको बताए। 

मन्त्री पाण्डेले भने, ‘तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्नेगरी हाम्रो एजेण्डा छ। वर्ल्ड हेरिटेज कमिटीको मिटिङ पेरिसमा छ। हामी १० वर्ष यता त्यो प्रयासमा छौं। त्यसमा पनि थुप्रै जटिलताहरू छन्। कसले सपोर्ट गर्ने, कसले नगर्ने भन्ने। २१ वटा देश सम्मिलित कमिटी छ।  त्यो कमिटीको बहुमतले निर्णय गर्नुपर्छ। त्यसमा भारत, कतार, जापान, कोरिया लगायतका एसियन देशहरू छन्। अरू देशहरू पनि छन्। त्यसमा हामी धेरै वर्षदेखि साधन स्रोत पनि धेरै लागिसकेको अध्ययन पनि धेरै भइसकेको छ। तिलौराकोटमा धेरै पुरातात्विक वस्तुहरू फेला परेको, त्यही बेलै औद्योगिकीकरण भएको, व्यवस्थित सिटी, पार्कहरू थिए, आधुनिक सहरमा हुने पूर्वाधार सबै थिए त्यही बेलामै भन्नेकुरा वैज्ञानिकहरूले पुष्टि गरेको अवस्था छ।’


 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट