२०८२ असार २० शुक्रबार
LATEST NEWS
२०८२ असार २० शुक्रबार

आईफोन १७ मा अहिलेसम्मकै सबैभन्दा ठुलो ब्याट्री हुने

काठमाडौँ । एप्पलको नयाँ लाइनअप आईफोन १७ सिरिजमा अहिलेसम्मकै सबैभन्दा ठुलो ब्याट्री हुने भएको छ । चिनियाँ सामाजिक सञ्जालमा चर्चित लिकर ‘इन्स्ट्यान्ट डिजिटल’ले आईफोन १७ प्रो म्याक्समा ५००० एमएएच क्षमताको ब्याट्री हुने खुलासा गरेको हो ।

पोस्टमा आईफोन ११ प्रो म्याक्सदेखि आईफोन १६ प्रो म्याक्स हुँदै आईफोन १७ प्रो म्याक्समा भएको ब्याट्री क्षमता उल्लेख गरेको छ । 

  • आईफोन ११ प्रो म्याक्सः ३,९६९ एमएएच

  • आईफोन १२ प्रो म्याक्सः ३,६८७ एमएएच

  • आईफोन १३ प्रो म्याक्सः ४,३५२ एमएएच

  • आईफोन १४ प्रो म्याक्सः ४,३२३ एमएएच

  • आईफोन १५ प्रो म्याक्सः ४,४२२ एमएएच

  • आईफोन १६ प्रो म्याक्सः ४,६७६ एमएएच

  • आईफोन १७ प्रो म्याक्सः ~५००० एमएएच 

एप्पलका अनुसार आईफोन १६ प्रो म्याक्सको ब्याट्री-लाइफ झण्डै ३३ घण्टा छ । आईफोन १४ प्रोमा २९ घण्टा र आईफोन १३ प्रो म्याक्समा २८ घण्टा रहेको छ । त्यसैगरी आईफोन १२ प्रो म्याक्सको ब्याट्री लाइफ २० घण्टा छ ।

लिक भएको जानकारीलाई आधार मान्ने हो भने आईफोन १७ प्रो म्याक्समा आईफोन १६ प्रो म्याक्सभन्दा करिब ३०० एमएएच थप ब्याट्री हुनेछ । यो भनेको ३५ घण्टाको ब्याट्री लाइफ हो । यसमा हुने नयाँ ए१९ चिपले पनि ब्याट्रीको पर्फमेन्स सुधार गर्ने बताइएको छ ।

इन्स्ट्यान्ट डिजिटलले लिक गरेका प्रायः जानकारी मिल्ने गरेको छ । यस प्लेटफर्मले सन् २०२३ मा एप्पलले पहेँलो कलर भेरियन्टको आईफोन १४ ल्याउने जानकारी लिक गरेको थियो । पछि एप्पलले त्यही मोडेल बजारमा ल्याएको थियो । त्यस्तै आईफोन १५ प्रोमा आउने स्पेसल भिडिओ क्याप्चर, वाच सिरिज नाइनको नयाँ डिजाइन, आईफोन एयरको क्यामेरा डिजाइन र पछिल्लो समय आईफोन १६ प्रोको ब्याट्री क्षमता पनि लिक गरेको थियो । ती सबै फिचर पछि एप्पलले ल्याएका फिचर र परिवर्तनसँग मेल खाएको थियो ।

पछिल्लो अध्यावधिक: असार २०, २०८२ १२:३५





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट