२०८२ असार २० शुक्रबार
२०८२ असार २० शुक्रबार

त्रिवि पनिकाको अनलाइन सेवा अस्थायी रूपमा बन्द

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयको अनलाइन सेवा बन्द भएको छ । बिहीबार एक सूचना जारी गर्दै कार्यालयले नयाँ सर्भरमा डेटा स्थानान्तरण गर्नुपर्ने भएकाले २२ असार बिहान ८ बजेसम्म सम्पूर्ण अनलाइन सेवा बन्द हुने जानकारी दिएको हो ।

कार्यालयका अनुसार सर्भर स्तरोन्नति नहुन्जेलसम्म विद्यार्थी तथा सेवाग्राहीहरूले अनलाइनमार्फत कुनै पनि काम गर्न सक्ने छैनन् । यसबाट सेवाग्राहीमा पर्न जाने असुविधाप्रति कार्यालयले क्षमा मागेको छ । साथै, अनलाइन सेवा प्रयोगकर्ताहरूलाई student.tuexam.edu.np मा गई आवश्यक विवरणहरू समावेश गर्न पनि सूचनामार्फत जानकारी गराइएको छ ।

तर उक्त वेबसाइट अहिले मर्मतको क्रममा रहेको पाइएको छ । वेबसाइट खोल्दा ‘We’ll be back soon! Sorry for the inconvenience. We’re performing some maintenance at the moment!’ भन्ने सन्देश देखिन्छ ।

यसअघि १५ असारदेखि आफ्ना प्रमुख १० सेवा पूर्ण रूपमा अनलाइनमार्फत उपलब्ध गराउने घोषणा गरेको थियो । तर हाल देखिएको प्राविधिक अवरोधले त्रिविले बिना तयारी अनलाइन सेवाको प्रचार गरेको टिप्पणी हुन थालेको छ ।

पछिल्लो अध्यावधिक: असार २०, २०८२ ८:५६





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट