काठमाडौँ । नेपालमा गैरकानुनी रूपमा डेटिङ एप तथा क्रिप्टो कारोबारमा संलग्न छ चिनियाँ नागरिक सहित ५२ जना पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले उनीहरूलाई १७ असारमा काठमाडौँ र ललितपुरबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा २९ वर्षीय झाङ लुन, २७ वर्षीय चेन जिहाओ, ४१ वर्षीय लिन दे, ३२ वर्षीय सु झेङ, ३० वर्षीय लिउ जेसुहान र ३३ वर्षीय सु लिङहु सहित अन्य नेपाली रहेका छन् ।
प्रहरीका अनुसार उनीहरूले ललितपुर महानगरपालिका वडा नं.४ दमकल चोकमा रहेको एक घर भाडामा लिई सोसल सफ्टवेयर डेभलपमेन्ट कम्पनी प्रा.लि. दर्ता गरी गैरकानुनी रुपमा कल सेन्टर तथा मि टु ‘Me Too’ नामक डेटिङ एप सञ्चालन गरिरहेका थिए । यस्तै काठमाडौँको चागलमा एक घर भाडामा लिई शाखाका रूपमा कम्पनी सञ्चालन भइरहेको थियो ।
उनीहरूले नेपाली युवतीहरूलाई विभिन्न प्रलोभन देखाइ आफ्नो डेटिङ एपमार्फत अनलाइन डेटिङ स्क्याम गर्न लगाउने गरेको पाइएको छ । साथै उनीहरूले किप्टो कारोबार पनि गरिरहेको प्रहरीले जनाएको छ । ब्युरोका अनुसार निजहरूको साथबाट स्रोत नखुलेको १३ लाख ९९ हजार ९५० रुपैयाँ, सात ल्यापटप र ५४ ओटा मोबाइल बरामद गरेको छ ।

उनीहरूलाई अभौतिक मुद्रा सम्बन्धी मुद्दा दर्ता गरी बाँकी ४६ जना उपर थप अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ ।
पछिल्लो अध्यावधिक: असार १८, २०८२ १७:४८
सामाग्री श्रोत :
टेक पाना