काठमाडौं– काठमाडौं भ्यू टावरका ठेकेदार मनोज भेटवाललाई ६ दिन म्याद थप गरेर अनुसन्धान अघि बढाउन अदालतले आदेश दिएको छ ।

आइतबार काठमाडौं जिल्ला अदालतले गत शुक्रबारबाट गणना हुनेगरी ६ दिन म्याद थपका लागि आदेश जारी गरेको हो ।
भेटवाल पक्राउ परे लगत्तै सुटुक्क अस्पताल भर्ना भएका थिए ।
शुक्रबार पक्राउ परेका भेटवाल त्यसलगत्तै अस्पताल भर्ना भएका हुन् । प्रहरी उच्च स्रोतका अनुसार उनलाई धुम्बराहीको ह्याम्स अस्पतालमा भर्ना गराइएको छ ।

पक्राउ पुर्जी जारी भएका बैंकिङ कसुरका अभियुक्तलाई प्रहरीले छाडेको भन्दै पीडितले माथिल्लो निकायमा जानकारी गराएपछि शुक्रबार साँझ भेटवाललाई प्रहरीले पक्राउ गरेको थियो ।
शुक्रबार जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहराले विज्ञप्ति जारी गर्दै भेटवाललाई बैंकिङ कसुरको आरोपमा पक्राउ गरिएको जानकारी गराएका थिए ।
करिब १० करोड रुपैयाँको चेक बाउन्स आरोपमा पक्राउ परेका उनी त्यस लगत्तै ह्याम्स अस्पताल भर्ना भएका हुन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ