२०८२ असार १५ आईतवार
LATEST NEWS
२०८२ असार १५ आईतवार

नेपाल चिकित्सक संघको उपभोक्ता अदालतको निर्णयप्रति आपत्ति, आन्दोलनको चेतावनी

काठमाडौं- चिकित्सकीय अभ्याससम्बन्धी मुद्दामा उपभोक्ता अदालतबाट कारवाहीको निर्णय जारी भएपछि नेपाल चिकित्सक संघले  आपत्ति जनाएको छ। संघले एक विज्ञप्ति जारी गर्दै यस्तो निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै चिकित्सा क्षेत्रलाई अन्य व्यवसाय सरह मूल्याङ्कन गर्नु अस्वीकार्य रहेको स्पष्ट पारेको छ।

विज्ञप्तिमा भनिएको छ,  ‘चिकित्सा पेशा अत्यन्त संवेदनशील, वैज्ञानिक र नैतिक सेवा हो। यसलाई सामान्य व्यापारिक दृष्टिकोणबाट मूल्याङ्कन गर्नु गम्भीर त्रुटि हो।’ संघले उपभोक्ता अदालतको उक्त निर्णयले सम्पूर्ण स्वास्थ्य प्रणालीमा अविश्वास फैलाउने खतरा रहेको र चिकित्सकहरूलाई त्रसित पार्ने वातावरण सिर्जना गरिरहेको बताएको छ।

संघका अनुसार चिकित्सा सेवा उपभोक्ता वस्तु नभएको हुँदा यसका सम्बन्धमा देखिने कुनै पनि जटिलता वा प्रतिकूल असरका लागि चिकित्सकमाथि कारवाही गर्नु न्यायसंगत हुँदैन। साथै, नेपाल मेडिकल काउन्सिलजस्ता नियामक निकायलाई बेवास्ता गरेर गरिएको कानुनी हस्तक्षेपले चिकित्सा क्षेत्रमा अन्योल बढाएको संघको भनाइ छ।

संघले उपभोक्ता अदालतलाई आफ्नो निर्णयको पुनरावलोकन गर्न आग्रह गर्दै स्वास्थ्य मन्त्रालय, कानून मन्त्रालय, गृह मन्त्रालय, आपूर्ति मन्त्रालय, महान्यायाधिवक्ताको कार्यालयलगायत सबै सरोकारवाला निकायहरूको तत्काल ध्यानाकर्षण गराएको छ।

यसै सन्दर्भमा, संघले मिति २०८२/०३/१५ गते विभिन्न स्वास्थ्य सरोकारवालासँग छलफल कार्यक्रम आयोजना गरेको तथा मिति २०८२/०३/१६ गते अस्पताल प्रमुखहरू, प्राईभेट मेडिकल तथा डेन्टल कलेज संघ, अफिन, चिकित्सक समाज लगायतसँग बृहत छलफल गरेको जानकारी दिएको छ।

यदि सरकारद्वारा शीघ्र र उपयुक्त कदम नचालिएमा नेपाल चिकित्सक संघले सशक्त आन्दोलनमा जाने चेतावनी पनि दिएको छ। संघले सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई तयारी अवस्थामा रहन आह्वान गरेको छ।

सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट