
काठमाडौँ । डिजिटल भुक्तानी सञ्जाल तथा भुक्तानी प्रणाली सञ्चालक कम्पनी फोनेपेले महालक्ष्मी विकास बैँकसँगको साझेदारीमा महालक्ष्मी फोनेपे क्रेडिट कार्ड सार्वजनिक गरेको छ । यससँगै आफ्ना ग्राहकहरूलाई
फोनेपे क्रेडिट कार्ड सेवा प्रदान गर्नेमा महालक्ष्मी पहिलो विकास बैँक बन्न सफल भएको हो । फोनेपे क्रेडिट कार्ड स्किमअन्तर्गत उपलब्ध यो सेवा पूर्ण रूपमा भर्चुअल रहेको छ र महालक्ष्मी बैँकको मोबाइल बैंकिङ एप ‘Mahalaxmi Smart Sathi’ मार्फत सजिलै पहुँच गर्न सकिन्छ ।
यस कार्डमार्फत प्रयोगकर्ताहरूले नेपालभरका कुनै पनि फोनेपे क्यूआर मर्चेन्टमा स्क्यान गरी भुक्तानी गर्न सक्छन् । यो कार्डमा परम्परागत क्रेडिट कार्डमा जस्तै ४५ दिनको ब्याज रहित सुविधा, लचिलो किस्ताबन्दी सुविधा र क्यूआरमार्फत सुरक्षित भुक्तानी प्राप्त गर्न सकिन्छ ।

महालक्ष्मी फोनेपे क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरूले ५०% सम्मको क्याशब्याक, अधिकतम ५०० रुपैयाँसम्मको लाभ प्राप्त गर्न सक्नेछन् । सीमित अवधिको यो प्रमोसनल अफरले ग्राहकलाई क्यूआरमा आधारित क्रेडिट भुक्तानीको सहजता र प्रयोगात्मक अनुभव दिलाउने उद्देश्य राखेको छ ।
पछिल्लो अध्यावधिक: असार १५, २०८२ १९:३४
सामाग्री श्रोत :
टेक पाना