‘जुम्लेलीलाई जीवन जल नै गुन हजुर, रोल्पालीलाई सिटामोल नै सुन हजुर’ सौगात मल्ल र बेनिशा हमाल अभिनीत फिल्म ‘सिटामोल’ को टिजर यही लाइनबाट सुरु भएको छ।
फिल्मको मुख्य कथावस्तु स्वास्थ्यका विषयसँग कतिको जोडिएको छ त्यो भने अझै प्रष्ट भएको छैन। तर टिजरमा अभिनेता सौगातको खुट्टामा भने समस्या देखाइरहेको छ।
टिजरमा फिल्मका अभिनेता मल्ल र बेनिशा हमालको विवाहपछिको उतार-चढावको कथा देखाइएको छ।
तुल्सी देवी फिल्म प्रालीले जुनतारा फिल्मस्को सहकार्यमा निर्माण गरेको फिल्मको प्रस्तुतकर्ता सिमोस सुनुवार हुन्। फिल्मको कथा प्रदीप भारद्धाज र निर्देशक सानेले लेखेका हुन्।
भुगोल कुमार कार्की र विकास राज जोशी निर्माता तथा अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी कार्यकारी निर्माता रहेको फिल्ममा गंगाराम श्रेष्ठ सह-निर्मातामा छन्।
‘सिटामोल’ आगामी साउन २३ गतेबाट प्रदर्शनमा आउनेछ।
सामाग्री श्रोत :
swasthyakhabar

