२०८२ असार १६ सोमबार
LATEST NEWS
२०८२ असार १६ सोमबार

उपचारका क्रममा १२ वर्षीय बालकको मृत्यु, सिरहा अस्पतालमा आफन्तको आन्दोलन

सिरहा- उपचारका क्रममा बालकको मृत्यु भएपछि प्रादेशिक अस्पताल सिरहामा आफन्तले प्रदर्शन गरेका छन्।अस्पतालमा उपचारका क्रममा सिरहा नगरपालिका- ६ का झबुलाल महराका १२ वर्षीय छोरा राजन रामको मृत्यु भएपछि उनका आफन्त र गाउँले आन्दोलनमा उत्रिएका हुन्।

बालकको मृत्युपछि आफन्त र गाउँलेले अस्पताल अगाडि प्रदर्शन गरेका हुन्। आन्दोलन र प्रदर्शनका कारण अस्पताल परिसर तनावग्रस्त बनेको छ।मृतक बालकका आफन्त र गाउँले अस्पताल अगाडिको सडक समेत केही बेर अवरुद्ध गरेका थिए।

आफन्तले उपचारका क्रममा लापरबाही भएको आरोप लगाएका छन्। आक्रोशित भिडले अस्पतालमा तोडफोडको प्रयास गरेपछि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको सिरहा प्रहरीले जानकारी दिएको छ।

अस्पतालका एक कर्मचारीका अनुसार बिरामी बालकलाई आज आइतबार बिहान साढे १० बजेतिर उपचारका लागि ल्याइएको थियो। आफन्तले दिएको जानकारी अनुसार ती बालक घरमा नै आचानक बेहोस भएपछि उपचारका लागि अस्पताल लगिएको थियो।

अस्पताल भर्ना भएपछि उनको उपचारमा डा सुदेशकुमार यादव सक्रिय भएका थिए। उनले बालकको शरीरमा रगतको मात्र अत्यधिक कम पाएपछि तत्कालै रगत चढाउन सुझाएका थिए।

चिकित्सकले रगत चढाउन सुझाब दिएपछि आफन्त तत्कालै प्रादेशिक अस्पतालभित्रै रहेको ब्लड बैंकमा पुगे। तर ब्लड बैंकमा रगत नभएको जानकारी दिइयो।बालकको उपचारकै क्रममा मृत्यु भयो। 
 

सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट