काठमाडौँ– राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र) का सांसद सुरेशकुमार आले मगरले नेपालमा सुन र चाँदीका, तामाका निश्चित खानीहरू रहको भन्दै खानी उत्खननमा सरकारले ध्यान दिन नसकेको बताएका छन्।

आइतबारको राष्ट्रिय सभा बैठकमा बोल्दै आले मगरले सुन र चाँदीका, तामाका निश्चित रूपमा खानीहरू नेपालमा रहेको भन्दै यी खानीहरू उत्खनन गर्नेतर्फ सरकारले ध्यान दिनुपर्ने बताएका हुन्।
उनले भन्नुभयो, ‘नेपालमा हिरा र मोती त म भन्न सक्दिन। सुन र चाँदीका, तामाका निश्चित रूपमा खानीहरू छन्। यतातर्फ यी खानीहरू उत्खनन गर्नेतर्फ, यसको सम्भाव्यता अध्ययन गर्नेतर्फ पनि उद्योग मन्त्रालयले ध्यान दिनुपर्ने हुन्छ। जुन यो बजेटमा पाइँदैन। नेपालमा युरेनियम त पत्ता लागिसकेको छ। तर त्यो बारेमा यो बजेटमा कुनै कार्यक्रम छैन। युरेनियमको पनि विक्री वितरणको व्यवस्था गर्न सक्यो भने नेपालले धेरै आर्थिक फाइदा उठाउन सक्थ्यो।’
सांसद आले मगरले घरेलु मदिराको ब्राण्डिङ तथा निर्यात प्रवर्द्धन कार्यक्रम सबै प्रदेश र सबै जिल्लामा लेखिएको तर रकम जम्मा ४ हजार लेखिएको भन्दै आपत्ति जनाए। प्राविधिक त्रुटि हो भने सच्याउन आग्रह गरे।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ