२०८२ असार १५ आईतवार
LATEST NEWS
२०८२ असार १५ आईतवार

किन विश्वभर भाइरल बनिरहेको छ लाबुबु डल नामक पुतली ?

काठमाडौँ । विश्वभर अहिले इन्टरनेटमा एउटा खेलौना भाइरल बनिरहेको छ । आजकाल तपाईँले सामाजिक सञ्जालमा स्क्रोल गर्दा वा सडकमा स्टाइलिश झोला बोकेर हिँड्ने युवा-युवतीहरूमध्ये कसैको झोलामा झुन्डिएको अनौठो डल देख्नुभयो भने अचम्म नमान्नुहोस्, त्यो लाबुबु डल हुन सक्छ ।

एक प्रकारको प्लस डल (plush doll), लाबुबु अहिलेको फेशन ट्रेन्ड मात्र होइन, कलेक्टरहरू (विभिन्न सामग्रीहरू संकलन गरेर राख्ने शोख भएको व्यक्ति) का लागि पनि मोहको विषय बनेको छ । सबै दाँत बाहिर निस्केको, ठुला आँखा, चुच्चे लामो कान र अनौठो मुस्कानसहितको यो डल अहिले विश्वव्यापी भाइरल छ । 

नेपालमा पनि अहिलेको नयाँ पुस्ताका लागि यो प्रिय भएको छ । विभिन्न अनलाइन स्टोरमा यसको रेप्लिका (उस्तै उस्तै देखिने) डलको बिक्रीदेखि लिएर केही व्यवसायीले आफ्नो प्रचारका लागि समेत यो डल प्रयोग गरेको देख्न सकिन्छ । 

तर, लाबुबु किन भाइरल ?

वास्तवमा लाबुबु एक काल्पनिक पात्र हो, जसलाई हङकङमा जन्मिएका कलाकार कासिङ लुङले डिजाइन गरेका हुन् । यो डल ‘The Monsters’ (राक्षसहरू) नामक टय सिरिज (पुतलीको प्रकार) को एक हिस्सा हो, जुन चिनियाँ कम्पनी पप मार्ट (Pop Mart) ले उत्पादन गर्दै आएको छ । 

कम्पनीले सन् २०१६ मा लाबुबु डलहरूलाई ‘ब्लाइन्ड बक्स’ फर्म्याटमा बजारमा ल्यायो । यस फर्म्याटमा ग्राहकले बक्स खोल्दासम्म कुन भर्सनको डल आएको हो भन्ने थाहा हुँदैन । यो तरिका नै पुतलीको सेलिङ पोइन्ट बन्यो । 

आफूलाई के पाइने हो, कुन चाही भर्सन पाइने हो भन्ने उत्सुकताले मानिसहरू यो पुतली खरिद गर्न थाले । हाल यो ब्याग चार्म, अर्थात् ब्यागमा झुन्ड्याउने किरिङको रूपमा चर्चित भइरहेको छ । न्युयोर्कको ‘Coach’, लण्डनको ‘Simone Rocha’ र मिलानको ‘Bottega Veneta’ जस्ता ठुला ब्रान्डले रनवेमा ब्याग चार्मको रूपमा यो डल प्रयोग गरेपछि, यो ट्रेन्डले हाल बिस्तारै टिकटक र इन्स्टाग्रामबाट चर्चा पाइरहेको छ । 

ग्राहकहरू पुतली खरिद गर्छन् र आफूलाई के पर्‍यो भनेर सामाजिक सञ्जाल मार्फत शेयर गरिरहेका छन् । अहिले यो विश्वव्यापी रूपमा ट्रेन्ड नै बनिसकेको छ । आफूलाई मन परेको भर्सनको पुतली पाइने हो कि होइन भनेर खोज्नका लागि पनि ग्राहकहरूले यो पुतली खरिद गरिरहेका छन् । 

अर्कोतिर यसका केही सीमित भर्सनहरू पनि छन्, जुन निकै दुर्लभ छन् । किनभने कम्पनीले यसको उत्पादन नै कम गरेको हुन्छ । लाबुबु डलहरू “Big into Energy”, “Have a Seat”, “Exciting Macaron” लगायत विभिन्न सिरिजमा आउँछन् । 

यस बाहेक, अन्य पात्रहरू पनि छन्, लाबुबु ट्राइबको नेता जिमोमो, ब्वाइफ्रेन्ड टाइकोको र साथी मोकोको । यिनै पात्रहरूको फरक भर्सनहरू कलेक्सन गर्ने ट्रेन्ड अहिले टिकटक, युट्युब, इन्स्टाग्राम जस्ता प्लेटफर्ममा बक्स अनबक्सिङ भिडिओमार्फत बढ्दो छ ।

अप्रिल २०२४ मा कोरियन ब्यान्ड ब्ल्याकपिंककी गायिका लिसाले आफ्नो इन्स्टाग्राममा लाबुबु डलसहितको तस्बिर पोस्ट गरेपछि यो ट्रेन्ड एकाएक भाइरल बनेको बीबीसीमा उल्लेख छ । त्यसपछि रिहाना, किम कार्दाशियन, डेविड बेकहमजस्ता ग्लोबल फिगरहरूले लाबुबु ब्याग चार्मको रूपमा प्रयोग गरेको देखेपछि यसको क्रेज झन् बढ्दै गएको हो । 

नेपालमा पप मार्टको आधिकारिक स्टोर छैन । तर, दराज, फेसबुक मार्केटप्लस, टिकटक लगायतका प्लेटफर्महरूमा भने विक्रेताहरूले लाबुबु ३,००० देखि १५,००० रुपैयाँसम्ममा बेचिरहेको देख्न सकिन्छ । लाबुबुको तस्बिर राखेर बनाइएका अन्य सामग्रीहरू पनि बिक्री भइरहेका छन् । 

झोलामा मात्र होइन, मोबाइल, स्कुटरको चाबी र कोठाको सजावटमा पनि यसको प्रयोग बढ्दो छ। हेल्लो किट्टी र पोकेमन कार्ड जस्तै, लाबुबु पनि एक काल्पनिक पात्र भए पनि यसले मानिसको भावना, स्टाइल र पहिचानमा प्रभाव पारिरहेको छ ।

पछिल्लो अध्यावधिक: असार १५, २०८२ १२:५२





सामाग्री श्रोत :
टेक पाना

ट्रेन्डिङ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट