२०८२ असार १५ आईतवार
२०८२ असार १५ आईतवार

एसईई नतिजा सुधार्ने एप एम्बिसन गुरु, १ लाख १८ हजार बढी विद्यार्थीले लिए निःशुल्क अनलाइन कक्षा

 

काठमाडौँ । मोबाइल एप एम्बिसन गुरुका कारण हालै प्रकाशित २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा उल्लेखनीय सुधार देखिएको दाबी गरिएको छ । प्रविधिको माध्यमबाट गुणस्तरीय शिक्षा सबै माझ पुर्‍याउने लक्ष्यका साथ सुरु भएको एम्बिसन गुरु नामक अनलाइन प्लेटफर्मले एसईईको नतिजामा आफ्नो भूमिका रहेको स्पष्ट पारेको हो । 

परीक्षामा सहभागी ४ लाख ९९ हजार १८३ विद्यार्थी मध्ये ६१.८१ प्रतिशतले माथिल्लो तह पढ्न पाउने गरी ग्रेड ल्याउन सफल भएका छन् । यो गत वर्षको तुलनामा १३.९५ प्रतिशतले बढी हो । गत वर्ष देशभर चलाएको आफ्नो ‘निःशुल्क अनलाइन शिक्षा’ अभियानका कारण यो सुधार देखिएको एम्बिसन गुरुले जनाएको छ ।

२०८० सालको एसईई नतिजा निराशाजनक देखिएपछि त्यसलाई सुधार गर्न एम्बिसन गुरुले ‘परियोजना सारथी’ सुरु गरेको थियो । उक्त परियोजनालाई अगाडि बढाउन सुरुमा उन्नती नेपाल फाउन्डेसनसँग सहकार्य गरिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि यस निःशुल्क अनलाइन कक्षाको अभियानलाई हौसला दिए । नतिजा प्रकाशन पछि प्रधानमन्त्री ओलीले विभिन्न मञ्चहरूमा एम्बिसन गुरुको नामै नलिई अनलाइन कक्षामार्फत नतिजा सुधार गर्न सम्भव भएको बताउने गरेका छन् । किन कि यो एप उनकै आईटी सल्लाहकार अस्गर अलीको कम्पनीले विकास गरेको प्लेटफर्म हो ।

एम्बिसन गुरुको प्रविधि, साथ र सहयोगले निःशुल्क अनलाइन कक्षा अभियान सफल भयो । यस परियोजनाले देशभरका एसईई अध्ययनरत विद्यार्थीलाई एम्बिसन गुरु एपमा जोड्ने अभियान चलाएको थियो । सँगसँगै विद्यार्थीका लागि आवश्यक उत्कृष्ट शिक्षण सामग्री उत्पादनमा जोड दियो । विद्यार्थीलाई अभियानमा सहभागी गराउन अभियन्ता याङ्जोम शेर्पा समेत जोडिएकी थिइन् । जसले सामाजिक सञ्जाल तथा पूर्वदेखि पश्चिमका विद्यालयहरूमा पुगेर व्यक्तिगत पहलबाट हजारौँ विद्यार्थीलाई निःशुल्क अनलाइन कक्षामा जोड्न भूमिका खेलेकी थिइन् ।

छोटो समयमै १ लाख ८२ हजार ३ सय ५४ जना विद्यार्थी यस अभियानमा जोडिएको एम्बिसन गुरुले जनाएको छ । तीमध्ये १ लाख १८ हजार ६ सय ५७ विद्यार्थीले एपमार्फत नियमित कक्षा लिए । एम्बिसन गुरुले देशकै उत्कृष्ट मध्येका शिक्षकहरू आबद्ध गरी नेपाली र अङ्ग्रेजी दुवै माध्यममा अध्यापन गराउँदै आएको छ ।

एम्बिसन गुरुले विद्यार्थीको समग्र सिकाइका लागि दैनिक रूपमा शिक्षक र विद्यार्थीको निरन्तर अन्तरक्रिया सहित सबै विषयका लाइभ कक्षाहरू सञ्चालन गरेको थियो । लाइभ कक्षामा बस्न नपाएका र पुनः अध्ययन गर्न चाहने विद्यार्थीका लागि जुनसुकै समयमा अध्ययन गर्न मिल्ने गरी रेकर्डेड भिडिओहरू पनि तत्कालै उपलब्ध हुने व्यवस्था मिलाइएको थियो । 

सबै विषयका सबै च्याप्टरका नोटहरू पनि एपमै राखिएका थिए । एपमार्फत नै विद्यार्थीलाई होमवर्क दिने र तत्कालै परीक्षण गरेर मूल्यांकनसहित सुझावहरू दिने काम हुन्छ ।

यसमा रहेको आस्क गुरु (Ask Guru) नामक फिचरले विद्यार्थीलाई कुनै पनि विषयमा अन्योल हुँदा शिक्षकहरूसँग तत्काल सोध्न पाउने र शिक्षकले पनि तत्कालै उत्तर दिने वा जिज्ञासा मेटाइदिने व्यवस्था मिलाइएको थियो ।

विद्यार्थीको सिकाइ उपलब्धी जाँच गर्नका लागि एपमार्फत नै नियमित परीक्षा सञ्चालनको व्यवस्था गरिएको छ । यसमा रहेको एआई-आधारित गाइडेड लर्निङ फिचरको माध्यमबाट विद्यार्थीको क्षमता मूल्याङ्कन गरेर उनीहरूकै आवश्यकता अनुसार सल्लाह, सुझाव र निर्देशन दिन गरिन्छ । 

अनलाइन कक्षाका सन्दर्भमा दुर्गम जिल्लाका विद्यार्थीका लागि इन्टरनेट एउटा ठुलो चुनौतीको रूपमा रहँदै आएको छ । एम्बिसन गुरुले यसको समाधानका लागि नेपाल टेलिकमसँगको सहकार्यमा निःशुल्क डेटाको व्यवस्था मिलायो । त्यसपछि एम्बिसन गुरुका मेन्टरहरूलाई विद्यार्थी र अभिभावकसँग जोड्नका लागि नेपाल टेलिकमसँगकै सहकार्यमा एसआईपी लाइनको व्यवस्था समेत गरिएको थियो । यसले गर्दा मेन्टरहरूले विद्यार्थी र अभिभावकसँग नियमित सम्पर्कमा रहि पढाइ र सिकाइलाई थप प्रभावकारी बनाउन सके ।

यो परियोजना सञ्चालनका लागि २०० जना भन्दा धेरै मेन्टर र सुपरभाइजर, ३० जना भन्दा धेरै शिक्षक, इन्जिनियर, प्राविधिक र व्यवस्थापन समूह लगायतका व्यक्तिहरू खटिएका थिए ।

एम्बिसन गुरु प्रालीका एकेडेमिक निर्देशक प्रकाश पाण्डेले शिक्षाको मेरुदण्ड मानिने एसईईको नतिजा सुधार्न यस वर्ष भएका अनेक प्रयत्नहरूमा अग्रपङ्क्तिमा रहेर योगदान गर्न पाएकोमा आफूहरूलाई गर्व लागेको बताए । उनले उत्कृष्ट शिक्षा पाउनु हरेक विद्यार्थीको अधिकार भएको र यो अधिकारलाई सुनिश्चित गर्न एम्बिसन गुरुको अभियान निरन्तर जारी रहने उनको भनाई छ । आउँदो एसईईका लागि पनि एम्बिसन गुरुले आफ्ना कक्षाहरू सुरु गरिसकेको छ । 

पछिल्लो अध्यावधिक: असार १५, २०८२ १३:२९





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट