सिंगापुर– नेपाल डेन्टल साइन्स हाइजेनिस्ट एसोसिएसन र एसोसिएसन फर ओरल हेल्थ थेरापिस्ट सिंगापुरबीच पेशागत समझदारी पत्रमा हस्ताक्षर भएको छ। यो सम्झौता अन्तर्राष्ट्रिय ओरल हेल्थ कांग्रेस २०२५ को अवसरमा सिंगापुरको सिगेल्था एकेडेमियामा सम्पन्न भएको हो।
सम्झौतामा दुवै देशका दन्त चिकित्सा पेशाकर्मीहरूबीच सहकार्यलाई प्रवर्द्धन गर्ने उद्देश्यले विभिन्न ८ वटा बुँदाहरू समावेश गरिएको छ। जसमा दुवै देशमा आयोजना हुने कार्यक्रमहरूमा सहभागिता, प्राविधिक सहयोग, पेशागत ज्ञान र सीप आदानप्रदान, साथै अन्य सहयोगात्मक कार्यक्रमहरू सञ्चालन गर्ने उल्लेख छ। यो सम्झौताले नेपाल र सिंगापुरका दन्त चिकित्सा क्षेत्रमा नयाँ अवसरहरू सिर्जना गर्ने अपेक्षा गरिएको छ।
सम्झौतामा नेपाल डेन्टल साइन्स हाइजेनिस्ट एसोसिएसनको तर्फबाट अध्यक्ष माइकल देवकोटा र एसोसिएसन फर ओरल हेल्थ थेरापिस्ट सिंगापुरको तर्फबाट अध्यक्ष टी. इथेलले संयुक्त रूपमा हस्ताक्षर गरेका छन्। हस्ताक्षर समारोहमा दुवै पक्षले यो सम्झौताले दन्त चिकित्सा क्षेत्रमा पेशागत विकास र अन्तर्राष्ट्रिय सहकार्यलाई थप बलियो बनाउने विश्वास व्यक्त गरे।
यो सम्झौताले नेपाल र सिंगापुरका दन्त चिकित्सा पेशाकर्मीहरूलाई एकअर्काको अनुभव र प्राविधिक दक्षताबाट लाभ लिन मार्ग प्रशस्त गर्ने अपेक्षा गरिएको छ। साथै, यसले दुवै देशमा ओरल हेल्थ सेवाको गुणस्तर अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।
सामाग्री श्रोत :
swasthyakhabar

