काठमाडौँ । टेस्लाले आफ्नो पूर्ण रूपमा स्वचालित कारको पहिलो डेलिभरी गरेको छ । कम्पनीले २७ जुनमा आफ्नो पहिलो ग्राहकलाई यो स्वचालित कार मोडेल वाई डेलिभर गरेको हो । कम्पनीले आफ्नो एक्स अकाउन्टमा एउटा भिडिओ पोस्ट गर्दै आफ्नो पहिलो डेलिभरीको विषयमा जानकारी दिएको थियो । उक्त भिडिओमा सो स्वचालित गाडी अमेरिकाको अस्टिनमा बिना चालक गुडिरहेको देख्न सकिन्छ ।

World’s first autonomous delivery of a car!
This Tesla drove itself from Gigafactory Texas to its new owner’s home ~30min away — crossing parking lots, highways & the city to reach its new owner pic.twitter.com/WFSIaEU6Oq
— Tesla (@Tesla) June 28, 2025
कम्पनीका अनुसार उक्त गाडी बिना चालक टेस्लाको गिगाफ्याक्टरीबाट पार्किङबाट निस्किएर, हाइवे र शहरी बाटो हुँदै ग्राहकको घरमा ३० मिनेटमा पुगेको थियो ।

यस पहिलो डेलिभरीको खुसीयालीमा शुक्रबार एक्समा एलन मस्कले लेखे, “कारखानाबाट ग्राहकको घरसम्म मोडल वाईको पहिलो पूर्ण रूपमा स्वचालित डेलिभरी, हाईवेसमेत पार गर्दै, निर्धारित समयभन्दा एक दिन अगाडि सफलतापूर्वक सम्पन्न भएको छ ! @Tesla_AI का सफ्टवेयर र चिप डिजाइन टिमलाई बधाई!”
The first fully autonomous delivery of a Tesla Model Y from factory to a customer home across town, including highways, was just completed a day ahead of schedule!!
Congratulations to the @Tesla_AI teams, both software & AI chip design!
— Elon Musk (@elonmusk) June 27, 2025
कम्पनीले लामो समयदेखि यस कारमा काम गरिरहेको छ । अर्कोतिर भने अमेरिका सरकार अन्तर्गतको राष्ट्रिय राजमार्ग ट्राफिक सुरक्षा प्रशासनले टेस्लाको ‘फुल सेल्फ ड्राइभिङ’ प्रणालीमा सम्भावित सुरक्षा कमजोरीबारे छानबिन गरिरहेको छ । यसै सन्दर्भमा, टेस्लाले हालै सार्वजनिक गरेको रोबोट्याक्सी भिडियोमा ट्राफिक नियम उल्लङ्घन भएको देखिएपछि निकायले थप जानकारी मागेको छ।
पछिल्लो अध्यावधिक: असार १५, २०८२ ९:३१
सामाग्री श्रोत :
टेक पाना