२०८२ असार १५ आईतवार
LATEST NEWS
२०८२ असार १५ आईतवार

जलवायु परिवर्तन र विपद् रिपोर्टिङमा सहकार्य गर्न नेपाली र भारतीय पत्रकार एकजुट

काठमाडौँ । नेपाल र भारतबिचको सीमापार जलवायु परिवर्तन र विपद् जोखिम न्यूनीकरणसम्बन्धी रिपोर्टिङलाई सुदृढ गर्ने उद्देश्यले काठमाडौँमा चारदिने क्षेत्रीय कार्यशाला सम्पन्न भएको छ । युथ इनोभेसन ल्याब (वाईआई-ल्याब) र युनेस्को नेपालले संयुक्त रूपमा आयोजना गरेको कार्यशालामा नेपाल र भारतका २० जना पत्रकारको सहभागिता थियो ।

कार्यशालाको मुख्य उद्देश्य हिन्दकुश हिमालय क्षेत्रमा देखिने साझा जलवायु जोखिम जस्तै; हिमताल विस्फोटन (GLOFs), अव्यवस्थित स्रोत उत्खनन र जलवायुजन्य विपद्बारे रिपोर्टिङ गर्ने पत्रकारहरूको क्षमता अभिवृद्धि गर्नु थियो । सहभागीहरूलाई एआई-सहायता प्राप्त पत्रकारिता, तथ्याङ्कमा आधारित कथावाचन, तथ्य-जाँच र सीमापार सहकार्य जस्ता विषयमा तालिम प्रदान गरिएको थियो ।

उद्घाटन सत्रमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत दिनेशप्रसाद भट्टले सीमापार जलवायु चुनौतीहरू सामना गर्न नेपाल र भारतबिच बलियो सहकार्य आवश्यक रहेको बताए । युनेस्को नेपालका प्रतिनिधि जाको डु टोइटले यस्ता संयुक्त पहलले सूचनाको खाडल पुर्ने र दिगो विकासका लागि जवाफदेहिता बढाउने विश्वास व्यक्त गरे ।

वाईआई-ल्याबका सञ्चालक समिति सदस्य सन्तोष क्षेत्रीले नेपाल र भारत साझा नदी र पारिस्थितिक प्रणालीले पनि जोडिएको उल्लेख गर्दै जलवायु परिवर्तन र विपद् जोखिमबारे समयमै सूचना आदानप्रदान गर्नुपर्नेमा जोड दिए ।

कार्यशालामा विज्ञहरूले जलवायु विज्ञानलाई स्पष्ट रूपमा प्रस्तुत गर्ने तरिका, हिन्दकुश हिमालय क्षेत्रका सीमापार जलवायु जोखिम र विपद् सूचना व्यवस्थापन प्रणाली जस्ता विषयमा प्रशिक्षण दिएका थिए । साथै, जियोस्पेसियल र एआई टुल्सको प्रयोगबारे पनि जानकारी गराइएको थियो ।

सहभागी पत्रकारहरूले यस कार्यशालाले सीमापार जलवायुका आयामहरूलाई बुझ्न र साझा कथामा काम गर्न महत्त्वपूर्ण प्लेटफर्म प्रदान गरेको प्रतिक्रिया दिएका छन् । उनीहरूले अब संयुक्त रूपमा रिपोर्टिङ टिम बनाएर यस क्षेत्रका संवेदनशील विषयहरूमा गहन कथाहरू उत्पादन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

 

पछिल्लो अध्यावधिक: असार १४, २०८२ १९:२०





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट