काठमाडौँ । किया गाडीको नेपालका लागि आधिकारिक विक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले विराटनगरमा आफ्नो नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । पूर्वी नेपालमा आफ्नो बजार विस्तार गर्ने उद्देश्यले कम्पनीले ‘किया सीआई २.०’ मापदण्डअनुसारको आधुनिक शोरुम खोलेको हो ।

शोरुम सञ्चालनको अवसरमा कम्पनीले असार १४ देखि १६ गतेसम्म तीनदिने ‘किया फ्ल्यास एक्सचेन्ज क्याम्प’ आयोजना गर्ने घोषणा गरेको छ । क्याम्पमा ग्राहकले कुनै पनि पुरानो गाडीसँग कियाका नयाँ गाडी साट्न सक्नेछन् ।
कम्पनीका अनुसार एक्सचेन्जमा पुरानो गाडीको आकर्षक मूल्यांकन गरिनेछ । साथै, नयाँ गाडी खरिद गर्ने ग्राहकलाई एक वर्षको सडक कर र बीमा निःशुल्क उपलब्ध गराइनेछ भने गाडी खरिदका लागि सहज फाइनान्सको सुविधा पनि रहनेछ ।
शोरुममा कियाका पेट्रोल र विद्युतीय सबै मोडलका सवारीसाधन उपलब्ध छन् । एक्सचेन्ज क्याम्प अवधिभर ग्राहकले कियाका नयाँ फेसलिफ्टेड सेल्टोस, सोनेट र कारेन्सको २०२५ मोडलको टेस्ट ड्राइभ समेत गर्न पाउने कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असार १४, २०८२ १२:५३
सामाग्री श्रोत :
टेक पाना