२०८२ असार १४ शनिबार
२०८२ असार १४ शनिबार

अन्तरिक्ष एजेन्सी नासालाई साइबर खतराबाट जोगाउने नेपाली इथिकल ह्याकरलाई सम्मान

काठमाडौं । अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा) ले आफ्नो वेबसाइटमा रहेको सुरक्षा कमजोरी पत्ता लगाइदिने दुई नेपाली इथिकल ह्याकरलाई सम्मान गरेको छ । सुनसरीका १७ वर्षीय अक्सर ओझा र विराटनगरका २३ वर्षीय आयुष पोखरेललाई नासाले बिहीबार ईमेलमार्फत कदर पत्र पठाएर उनीहरूको योगदानको प्रशंसा गरेको हो ।

उनीहरूले नासाको ‘बगक्राउड भल्नरेबिलिटी डिस्क्लोजर प्रोग्राम’ मार्फत गत मे १४ मा नासाको वेबसाइटमा रहेको ‘पी-थ्री’ लेभलको मध्यम स्तरको कमजोरी पत्ता लगाएर रिपोर्ट गरेका थिए । अक्सरले भने, “पहिला पत्ता लगाउँदा पी-फाइभ लेभलको कमजोरीको रूपमा राखिएको थियो । चार/पाँच महिनापछि मात्र यो बग पी-थ्री मा गएर बस्यो ।”

रिपोर्टपछि नासाले उक्त कमजोरीलाई समाधान गर्दै ओझा र पोखरेललाई सम्मानस्वरुप कदर पत्र पठाएको हो । यसअघि उनीहरूको नाम दुई हप्ताका लागि नासाको ‘हल अफ फेम’ मा राखिएको थियो ।

उनीहरूले पत्ता लगाएको कमजोरीमा ‘रिफ्लेक्टेड एक्सएसएस’ तथा ‘​रिडाइरेक्सन’ जस्ता जोखिम समावेश थिए । रिफ्लेक्टेड एक्सएसएसमार्फत आक्रमणकारीले वेबसाइटमा कोड घुसाएर प्रयोगकर्ताको पासवर्ड चोर्ने वा ब्राउजर नियन्त्रण गर्ने जोखिम हुन्छ भने रिडाइरेक्सनले प्रयोगकर्तालाई आधिकारिक वेबसाइटको सट्टा झुक्याएर अन्य गलत साइटमा पुर्‍याउने खतरा रहन्छ ।

अक्सर र आयुषको भेट गत वर्ष साइबर सुरक्षा सम्बन्धी ६ महिने तालिम लिँदा भेट भएको थियो । त्यसपछि इथिकल ह्याकरको लाइसेन्स पनि लिएको अक्सरले सुनाए । उनले भने, “क्लास सक्किने बेलाबाट नै आयुष दाई र म मिलेर बग बाउन्टी गर्न थालेका हौँ । बग बाउन्टीको केही समयमा नै नासाबाट कदर पत्र पाउँदा हौसला मिलेको छ ।”

कक्षा १२ उत्तीर्ण गरेका अक्सर स्नातक तहमा साइबर सुरक्षा पढ्न बेलायत जाने तयारीमा छन् भने आयुष केही दिनअघि मात्रै अध्ययनका लागि बेलायत पुगिसकेका छन् । उनीहरूले भविष्यमा साइबर सुरक्षाको क्षेत्रमा विज्ञता हासिल गरी विश्व बजारमा नेपालको नाम चिनाउने लक्ष्य राखेका छन् ।

पछिल्लो अध्यावधिक: असार १४, २०८२ ११:६





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट