काठमाडौं –यति खेर देशभरको मौसममा आंशिक बदली आएको छ । सुदूरपश्चिम प्रदेशका विभिन्न ठाउँमा रातिदेखि नै वर्षा भइरहेको छ । यस्तै, गण्डकी प्रदेशको कास्कीको लुम्ले र आसपासको क्षेत्रमा पनि राति ठूलो पानी परेको हो । नुवाकोट, सिन्धुपाल्चोक, दोलखा र आसपासका क्षेत्रमा पनि हल्कादेखि मध्यम वर्षा भएको छ । अहिले भने सुदूरपश्चिमका विभिन्न ठाउँमा पानी परिरहेको छ । अन्य ठाउँमा कतै हल्का वर्षा त कतै घाम लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज बेलुकीदेखि लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा ठूलो पानी पर्ने सम्भावना छ । महाशाखाले मनसुन विशेष मौसम बुलेटिन सार्वजनिक गर्दै यी क्षेत्रमा आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।
महाशाखाका अनुसार आज बेलुकीदेखि पर्सि सोमवार बिहानसम्म कर्णाली प्रदेशको पहाडी भू–भाग, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी र तराईका भूभागका थोरै ठाउँमा तथा अरू प्रदेशका पहाडी भू–भागका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । विभागका अनुसार बङ्गालको खाडी तथा अरबको सागरबाट प्रवाह हुने जलवाष्पयुक्त हावाका साथै त्यस क्षेत्रहरूमा न्यूनचापीय प्रणालीको प्रभावको कारण भारी वर्षा हुन लागेको हो ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ