२०८२ असार १४ शनिबार
२०८२ असार १४ शनिबार

बालबालिकाको एसईई ग्रेड सामाजिक सञ्जालमा सार्वजनिक नगर्न सांसद सुमनाको अनुरोध

काठमाडौँ । एसईईको ग्रेड सामाजिक सञ्जालमा सार्वजनिक नगर्न अभिभावकहरूलाई पूर्व शिक्षा मन्त्री तथा रास्वपा सांसद सुमना श्रेष्ठले अनुरोध गरेकी छिन् । बालबालिकाको ग्रेड सार्वजनिक गर्दा अस्वच्छ प्रतिस्पर्धा निम्त्याउने भन्दै यस्तो नगर्न उनले आग्रह गरेकी हुन् । 

सामाजिक सञ्जाल फेसबुकमा भिडिओ सन्देश जारी गर्दै सोचेजस्तो ग्रेड नआए पनि सन्तानलाई दोष नदिन अभिभावकलाई भनेकी छिन् । उनले भनिन्, “तपाईँका सन्तानले सोचेजस्तो ग्रेड ल्याए धेरै राम्रो । तर, ल्याएनन् भनेपनि यो अन्तिम परीक्षा होइन ।” 

 

 

यस्तै विद्यार्थीलाई पनि सोचे अनुसारको ग्रेड नआएमा  धेरै तनाव नलिन उनले आग्रह गरेकी छिन् । उनले भनिन्, “ कक्षा १२ सम्म विद्यालय शिक्षा नै हो । पुन: परीक्षा पनि दिन सकिन्छ ।” एसईई एउटा परीक्षा मात्र भएको र यसले विद्यार्थीमा भएका सबै खुबी र प्रतिभा नदर्साउने उनको भनाई छ ।  उनले थपिन्, “विद्यार्थीका धेरै खुबी परीक्षामा लेखेर देखाउन सकिँदैन ।” 

यस्तै कक्षा ११ र १२ मा कस्तो विषय बढ्ने भनेर निर्णय गर्न आफ्ना अग्रज र अनुभवी व्यक्तिसँग सल्लाह गर्न उनको सुझाव छ । तनाव भएमा परिवार, साथिभाई, आमाबुबा, दाजु दिदीसँग कुराकानी गर्न सकिने उनले बताइन् ।

उनले भनिन्, “तनाव कम गर्न एकछिन एकान्तमा बस्ने, डायरी लेख्ने, नजिकका विश्वासिलो व्यक्तिसँग कुराकानी गर्न सकिन्छ । कहिलेकाहीँ सिरानीमा मुख छोपेर चिच्याउँदा पनि तनाव कम हुन्छ ।” यस्तै धेरै तनाव भएमा लामो लामो सास लिने अभ्यास पनि गर्न सकिने उनले बताइन् । 

पछिल्लो अध्यावधिक: असार १३, २०८२ १९:१७





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट