२०८२ असार १४ शनिबार
२०८२ असार १४ शनिबार

के अझै ५०० सम्म ट्रान्सफर गर्दा पैसा तिर्दै हुनुहुन्छ? मोबाइल बैंकिङमै छ निःशुल्क सेवा

काठमाडौँ । कनेक्ट आईपीएसबाट ५०० रुपैयाँसम्मको रकम ट्रान्सफरमा कुनै पनि शुल्क नलाग्ने व्यवस्था छ । गत वर्षको चैत महिनादेखि नेपाल क्लियरिङ हाउस (एनसीएचएल) ले शुल्क परिमार्जन गर्दै यस किसिमको व्यवस्था लागु गरेको हो ।

यस व्यवस्था अनुसार मोबाइल बैंकिङ, कनेक्ट आईपीएसको मोबाइल एप तथा वेबसाइट र वालेटमा रकम राख्दा/झिक्दा ५०० रुपैयाँसम्मको रकम ट्रान्सफरमा कुनै पनि शुल्क लाग्दैन ।

यी माध्यमबाट ५०० रुपैयाँदेखि ५००० रुपैयाँसम्म ट्रान्सफर गर्दा ४ रुपैयाँ र ५००० माथिको हकमा ८ रुपैयाँ शुल्क लाग्नेछ । त्यस्तै क्रेडिटर तथा मर्चेन्ट भुक्तानीमा समेत शुल्क लाग्ने व्यवस्था गरिएको छ । जसअनुसार मर्चेन्ट भुक्तानीको हकमा ५०० रुपैयाँसम्म २ रुपैयाँ, ५०० देखि ५००० सम्मको भुक्तानीमा ४ रुपैयाँ र ५००० भन्दा माथिको भुक्तानीमा ८ रुपैयाँ शुल्क तोकिएको छ ।

तर सेवाप्रदायक तथा मर्चेन्टले शुल्क ब्यहोरेको कारोबारमा रकम पठाउन ग्राहकलाई कुनै शुल्क नलाग्ने एनसीएचएलले जनाएको छ । यस्तो शुल्कमा सरकारलाई तिर्नुपर्ने १३ प्रतिशत भ्याट समेत जोडिनेछ । 

पछिल्लो अध्यावधिक: असार १३, २०८२ १९:३८





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट