२०८२ असार १३ शुक्रबार
२०८२ असार १३ शुक्रबार

उपनिर्वाचन: मतदाता नामावलीमा नाम छैन ? अनलाइनबाट यसरी दिनुहोस् आवेदन

काठमाडौँ । निर्वाचन आयोगले आउँदै गरेको उपनिर्वाचनका लागि छुट भएका नागरिकलाई मतदाता नामावलीमा नाम दर्ता गराउन आग्रह गरेको छ । निर्वाचनको मिति घोषणा हुनासाथ दर्ता प्रक्रिया रोकिने कानुनी व्यवस्था भएकाले आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न आग्रह गरेको हो ।

प्रतिनिधिसभातर्फ रुपन्देही क्षेत्र नम्बर ३, गण्डकी प्रदेशसभाको मनाङ १ (२) रिक्त छ। त्यस्तै, स्थानीय तहमा १३ ओटा पद रिक्त छ ।

आयोगले दर्ता प्रक्रियालाई सहज र सरल बनाउन अनलाइन प्रि-रजिस्ट्रेशन प्रणाली सञ्चालनमा ल्याएको छ । नागरिकहरूले आयोगको वेबसाइट applyvr.election.gov.np मा गई घरबाटै मतदाता नामावलीको फाराम भर्न सक्नेछन् ।

यो प्रणालीमार्फत स्थायी ठेगानाभन्दा फरक जिल्लामा बसोबास गर्ने व्यक्तिले पनि आवश्यक प्रमाणहरू अपलोड गरी आफ्नो स्थायी ठेगानामा नाम दर्ता गराउन सक्छन् । साथै, मतदाता नामावलीमा भएका त्रुटि सच्याउने, दोहोरो नाम हटाउने र बसाइँसराइको विवरण अद्यावधिक गर्ने जस्ता कार्यहरू पनि यही प्रणालीबाट गर्न सकिने आयोगले जनाएको छ ।

अनलाइनबाट आवेदन भर्नुअघि ध्यान दिनुपर्ने कुरा

  • फाराममा नेपालीमा भर्नुपर्ने फिल्डमा नेपाली युनिकोड (ट्र्याडिसनल वा रोमनाइज्ड) र अंग्रेजीमा भर्नुपर्नेमा अंग्रेजी भाषा प्रयोग गर्नुपर्नेछ ।

  • * चिन्ह अंकित गरिएका फिल्डहरू अनिवार्य रूपमा भर्नुपर्छ ।

  • आफूलाई पायक पर्ने स्थान र समय छनोट गरी अनलाइन आवेदन पेस गरेपछि ९ अंकको आवेदन नम्बरसहितको फाराम प्राप्त हुनेछ, जसलाई प्रिन्ट गरेर सुरक्षित राख्नुपर्छ ।

फोटो र औंठाछापका लागि जाँदा चाहिने कागजात

अनलाइन आवेदन केवल प्रि-रजिस्ट्रेशन मात्र हो । तोकिएको मितिमा दर्ता केन्द्रमा पुगेर फोटो खिचाई औंठाछाप दिएपछि मात्र दर्ता प्रक्रिया पूरा हुनेछ । त्यसका लागि जाँदा निम्न कागजातहरू अनिवार्य रूपमा साथमा लैजानुपर्नेछ:

  • अनलाइनबाट प्राप्त ९ अंकको आवेदन नम्बर भएको प्रिन्टेड फारम ।

  • नेपाली नागरिकताको सक्कल प्रमाणपत्र र त्यसको प्रतिलिपि ।

  • स्थायी ठेगाना फरक भएमा बसाइँसराइ प्रमाणपत्रको सक्कल र प्रतिलिपि ।

  • विवाहित महिलाको हकमा विवाह दर्ता प्रमाणपत्रको सक्कल र प्रतिलिपि ।

पछिल्लो अध्यावधिक: असार १३, २०८२ ९:३७





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट