२०८२ असार १३ शुक्रबार
२०८२ असार १३ शुक्रबार

विदेशमा रहेका नेपालीको विवरण संकलन गर्न सरकारले ल्यायो ‘श्रम संसार’ एप

काठमाडौँ । विदेशमा रहेका नेपालीको तथ्यांक, अवस्था र समस्याको जानकारी संकलन गर्न सरकारले ‘श्रम संसार’ एप सञ्चालनमा ल्याएको छ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र श्रम रोजगारमन्त्री शरदसिंह भण्डारीले बिहीबार संयुक्त रूपमा एप उद्घाटन गरे ।

एपमा विदेशमा रहेका नेपालीले आफ्नो विवरण दर्ता गराएपछि यसमार्फत कहाँ, कुन अवस्थामा र कति सङ्ख्यामा नेपालीहरू रहेका छन् भन्ने बारेको सूचना प्राप्त गर्न सम्बद्ध देशका नेपाली मिसन तथा परराष्ट्र एवं श्रम मन्त्रालयलाई गर्न सहज हुने बताइएको छ ।

यसबाट कन्सुलर सेवा, उद्धार र वैधानिक प्रक्रिया सहज हुने सरकारको विश्वास छ । परराष्ट्रमन्त्री राणाले श्रम स्वीकृति नलिई गैरकानुनी रूपमा गएका श्रमिकका लागि समेत वैधानिकीकरण श्रम स्वीकृति दिने व्यवस्था मिलाइएको जानकारी दिइन् ।

“अवैध रूपमा गएकाहरूलाई प्रोत्साहन गर्नु हाम्रो उद्देश्य होइन, तर उनीहरूको सुरक्षा र संरक्षण हाम्रो दायित्व हो,” उनले भनिन् ।

श्रममन्त्री भण्डारीले एप सञ्चालनसँगै श्रम गन्तव्य मुलुकमा रहेका कागजविहीन श्रमिकहरूको समस्या समाधानमा ठुलो सहयोग पुग्ने बताए । “अब कति नेपाली कहाँ छन् भन्ने मात्र होइन, उनीहरूको समस्या समाधान गर्न सरकार अझ सक्षम हुनेछ,” उनले भने ।

सरकारले एपमा दर्ता भएका विवरणलाई सम्बन्धित देशका नेपाली दूतावासबाट नियमित अद्यावधिक गर्ने व्यवस्था गरेको छ । 

एपको एन्ड्रोइड संस्करण डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।  

 

पछिल्लो अध्यावधिक: असार १३, २०८२ ८:३१





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट