२०८२ असार १२ बिहीबार
२०८२ असार १२ बिहीबार

बयालपाटा अस्पतालमा डा मन्दिप पाठकसहित ३४ जनालाई सम्मान

अछाम- जिल्लाका साँफेबगरमा रहेको बयालपाटा अस्पतालमा कार्यरत डा मन्दिप पाठक सहित ३३ जनालाई सम्मान गरिएको छ। बुधबार एक कार्यक्रमका बिच डाक्टर पाठकक सहित अस्पतालमा कार्यरत ३३ जना कर्मचारीहरु लाई सम्मान गरिएको हो।

डा पाठकले बिगत एक दशकदेखि बयालपाटा अस्पतालको नेतृत्व गर्दै दुर्गम क्षेत्रमा स्वास्थ्य उपचार सेवा प्रदान गरेको भन्दै सम्मान गरिएको अस्पतालले जनाएको छ। ग्रामिण समुदायमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउने न्याय हेल्थ नेपालले लिएको लक्ष्य पूरा गर्न अटल समर्पण र उत्कृष्ट सेवाको कदर गर्दै सम्मान गरिएको हो।

यस्तै, अन्य ३३ जना कर्मचारीहरुलाई समेत न्याय हेल्थ नेपालद्धारा सञ्चालित बयालपाटा अस्पताल र सामुदायिक स्वास्थ्य कार्यक्रममा अनवरत रुपमा बिगत एक दशक देखि कार्यरत रहि पुर्याएको उमुल्य योगदानको उच्च मुल्यांकन गर्दै कदर पत्र प्रदान गरिएको छ।

नागरिकको स्वास्थ्य उपचार सेवा सुनिश्चत गर्न क्रियाशिल संस्थामा १० बर्ष पुरा गरेको भन्दै उनिहरुलाई सम्मान गरिएको हो। सम्मानित हुने सबैलाई अस्पताल सञ्चालक समितिका अध्यक्ष तथा साँफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्र बहादुर कुवँर र जिल्ला समन्वय समिति अछामका प्रमुख ललित बहादुर कुवँरले खादा र कदर पत्र प्रदान गरेका थिए।

बुधबार भएको सामाजिक परिक्षण कार्यक्रमको अवसरमा उनिहरुलाई सम्मान गरिएको थियोे।

सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट