२०८२ असार १२ बिहीबार
२०८२ असार १२ बिहीबार

अन्तरिक्ष स्टेसनको अचम्मको यात्रा: थाहा पाउनुहोस् २५ रहस्य

काठमाडौँ । तपाईंले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आईएसएस) को बारेमा समयसमयमा सुन्दै वा पढ्दै आउनुभएको होला । विभिन्न देशका नागरिकहरू अन्तरिक्षमा जाने वा अन्तरिक्ष यात्रीहरूसँग सम्बन्धित समाचारहरू बारम्बार आइरहन्छन् । हालै छिमेकी मुलुक भारतका वायुसेना ग्रुप क्याप्टेन शुभांशु शुक्लालाई अन्तरिक्ष मिसनका लागि छनोट भएर अन्तरिक्ष पुगेपछि यस विषयमाथिको चर्चा थप चुलिएको छ।

अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन पृथ्वीको तल्लो कक्षमा (Low Earth Orbit) परिक्रमा गर्ने एउटा विशाल अन्तरिक्ष यान र वैज्ञानिक प्रयोगशाला हो । यो अन्तरिक्षमा मानव निर्मित सबैभन्दा ठुलो संरचना पनि हो । आज हामी यसैसँग सम्बन्धित केही रोचक तथ्यबारे चर्चा गर्नेछौं:

१) आईएसएस छ ओटा सुत्ने कोठा, दुई ओटा बाथरुम, एउटा जिम र ३६० डिग्री भ्यु देखिने झ्यालसहितको छ ओटा बेडरुम भएको घरभन्दा पनि ठुलो छ । 

२) अमेरिकी अन्तरिक्ष एजेन्सी नासा, रुसी अन्तरिक्ष एजेन्सी रस्कोस्मस, युरोपेली अन्तरिक्ष एजेन्सी ईएसए, जापानी अन्तरिक्ष एजेन्सी जाक्सा र क्यानडियाली अन्तरिक्ष एजेन्सी सीएसएले आईएसएसलाई योगदान दिँदै आएका छन् । 

३)  यसलाई पाँच अन्तरिक्ष एजेन्सी र १५ ओटा देशले संयुक्त रूपमा सञ्चालन गर्दै आएका छन् । कुन देशबाट कति यात्री अन्तरिक्ष पुगे भन्ने यहाँ क्लिक गरेर हेर्न सक्नुहुन्छ । 

४) नोभेम्बर २००० देखि यो अन्तरिक्ष स्टेसनमा पृथ्वीबाट जाने अन्तरिक्ष यात्रीले ओगटेको छन् । सन् २००० पछि यसमा मानिस नभएको कुनै दिन नै छैन ।

५) अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा एक पटकमा न्यूनतम छ देखि सात अन्तर्राष्ट्रिय क्रु बस्छन् । र, उनीहरू प्रति सेकेन्ड ५ माइलका दरले हरेक ९० मिनेटमा पृथ्वीको पराक्रम गर्छन् । कहिलेकाहीं मिसन अनुसार त्यहाँ सात जनाभन्दा बढी यात्री हुन सक्छन् । 

७) २४ घण्टाको अवधिमा यो स्पेस स्टेसन पृथ्वीलाई १६ पटक घुम्छ । साथै यात्राका क्रममा यसले १६ ओटा सूर्योदय र त्यति नै सुर्याअस्तको सामना गर्छ ।

८) २ सेप्टेम्बर २०१७ मा अमेरिकी नागरिक पेग्गी विट्सनले ६६५ दिन अन्तरिक्षमा बसेर सबैभन्दा बढी समय अन्तरिक्षमा रहने अमेरिकी नागरिकको कीर्तिमान बनाएका थिए ।

९) अन्तरिक्षमा विभिन्न किसिमका प्रयोग र परीक्षण गर्ने क्रममा न्यून गुरुत्वाकर्षण (माइक्रो ग्राभिटी)का कारण माशंपेशी र हड्डी कमजोर नहोस् भन्नका लागि अन्तरिक्ष यात्री दैनिक कम्तीमा दुई घण्टा व्यायाम गर्छन् । 

१०) स्पेस स्टेसनलाई मर्मत गर्नुपर्‍यो, निर्माण गर्नुपर्‍यो वा केही थप्नुपर्‍यो भने अन्तरिक्ष यात्री स्टेसनबाट बाहिर निस्किएर काम गर्छन् । यसलाई स्पेस वाक पनि भनिन्छ ।

११) अन्तरिक्ष स्टेसनलाई पावर दिने सोलरको पङ्खा विश्वको सबैभन्दा ठुलो यात्रु विमान एयरबस ए३८९ भन्दा पनि लामो छ । यसको आकार १०९ मिटर छ, जबकि एयरबस ‍‍ए ३८९ को आकार ८० मिटर छ ।

१२) अन्तरिक्ष स्टेसन निर्माणका लागि आवश्यक पर्ने ठुला मोड्युल र अन्य पाटपुर्जा ४२ एसेम्बली फ्लाइटमा पुर्‍याइएका हुन् । त्यसमध्ये ३७ पटक अमेरिकी स्पेस सटलबाट पुर्‍याइएका हुन् भने बाकी पाँच पटक रुसी प्रोटोन रकेटबाट पुर्‍याइएका हुन् । 

१३) अन्तरिक्ष स्टेसनको लम्बाइ ३५६ फिट छ । यो भनेको अमेरिकी फुटबल मैदानको अन्तिम जोन समेको सम्पूर्ण लम्बाइभन्दा एक गज मात्र छोटो हो ।

१४) अन्तरिक्ष स्टेसनमा भएको विद्युत प्रणाली जोड्नका लागि आठ माइल (१२ किलोमिटर) लामो तार प्रयोग गरिएको छ । 

१५) अन्तरिक्ष स्टेसनमा एक पटकमा आठ अन्तरिक्ष यान जोड्न सकिन्छ । 

१६) पृथ्वीबाट प्रक्षेपण भएको चार घण्टामै अन्तरिक्ष यान अन्तरिक्ष स्टेसनमा पुग्छ । 

१७) अन्तरिक्ष स्टेसनमा चार कार्गो अन्तरिक्ष यानले आवश्यक विज्ञानका उपकरण, कार्गो अन्य सामग्री पुर्‍याउँछन् । ती चार कार्गो अन्तरिक्ष यानहरू नर्थ्रोप ग्रुमनको सिग्नस, स्पेसएक्सको ड्रागन, जापानी अन्तरिक्ष एजेन्सीको एचटीभी र रुसी प्रोग्रेस हुन् । 

१८) एक्सपेडिसन ६० मिसन (३ अक्टोबर २०१९) सम्म अन्तरिक्ष स्टेसनले माइक्रो ग्राभिटीमा १०८ भन्दा बढी देशका अनुसन्धानकर्ताका तीन हजार जति खोज तथा अनुसन्धानका काम सम्पन्न गरिसकेको छ ।

१९) अन्तरिक्ष स्टेसनको कक्षीय मार्गले पृथ्वीको ९० प्रतिशतभन्दा बढी जनसङ्ख्या भएको क्षेत्रमाथि यात्रा गर्छ । यस क्रममा अन्तरिक्ष यात्रीहरूले पृथ्वीको लाखौं तस्बिरहरू खिचेका छन् । तस्वीर हेर्न यहाँ क्लिक गर्न सक्नुहुन्छ । 

२०) पृथ्वीदेखि चन्द्रमासम्मको दूरीभन्दा दोब्बर दूरी अन्तरिक्ष स्टेसनले एकै दिनमा यात्रा गर्छ । 

२१) अन्तरिक्ष स्टेसनमा भएको ‘वाटर रिकभरी सिस्टम’ अर्थात् खेर जाने पानीलाई पुनः प्रयोगमा ल्याउने प्रणाली छ । यसले खेर जाने पानीबाट ९८ प्रतिशत पानीलाई प्रयोगमा ल्याउन सक्ने बनाउँछ । जसले गर्दा कार्गो अन्तरिक्ष यानबाट पुर्‍याउनुपर्ने पानीको मात्रा पनि घटेको छ ।

२२) अन-अर्बिट सफ्टवेयर मनिटरमा साढे तीन लाख बढी सेन्सर छन् । यसले स्टेसन र त्यहाँ भएका क्रुको स्वास्थ्य र सुरक्षालाई निगरानी गरेको हुन्छ । 

२३) ५० ओटा कम्प्युटरले अन्तरिक्ष स्टेसनको सिस्टम नियन्त्रण गरेका छन् । 

२४) जमिनमा रहेको ३० लाखभन्दा बढी लाइनको सफ्टवेयर कोडले उडानका लागि प्रयोग हुने १५ लाखभन्दा बढी लाइनको सफ्टवेयर कोडलाई सपोर्ट गर्छ ।

२५) अन्तराष्ट्रिय अन्तरिक्ष स्टेसनको अमेरिकी खण्डमा मात्र १५ लाखभन्दा बढी लाइनको फ्लाइट सफ्टवेयर कोड ४४ ओटा कम्युटरमा चल्छ । यी कम्प्युटरले १०० ओटा डेटा नेटवर्कबाट सञ्चार गर्दै चार लाख सिग्नल ट्रान्सफर गर्छ । 

पछिल्लो अध्यावधिक: असार १२, २०८२ ११:२४





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट