२०८२ असार ७ शनिबार
२०८२ असार ७ शनिबार

सिङ्गो पृथ्वी, समग्र मानव स्वास्थ्यको लागि योग

जुन २१ २०२५ अर्थात असार ७ गते शनिबारका दिन ‘मानव स्वास्थ प्रवर्द्धन गरौं, रोग नियन्त्रण र न्युनिकरणम योग’ भन्ने आदर्श  वाक्यका साथ ११ र्यौ अन्तर्राष्ट्रिय योग दिवस भब्यताका साथ मनाइँदै छ।

योग सार्वकालिन, सार्वजनिक र सार्वभौमिक विषय हो । सत्ययुग, त्रेतायुग र वर्तमान २१ सौं सताब्दीमा आएर पनि योगको महत्व अझ धेरै बढेको पाइन्छ। सबै धर्म सम्प्रदायका ब्यक्तिहरुले योगलाई आफ्नो आफ्नो तरिकाबाट गर्ने  गर्दछन्। त्यसैले पनि योग सबैको सार्वजनिक विज्ञान हो । पुर्वीय चिकित्सा विधाको योग अहिले आएर अमेरिका तथा युरोपियन देशहरु सबैकोसार्वभौमिक बन्दैछ । त्यसैले योगलाई २१ सौं सताब्दीमा सबैको साझा विषय बनाएर अध्यान गरिदै छ। सर्वप्रथम त आफुले योग गरौ अनि त्यो संदेश समाजका लागि दिउभन्ने आदर्श बाक्य अहिले आएर व्यापक र बिस्तार हुँदैछ।

योग शब्द वेद उपनिषद् गीता एंव पुराणहरुमा पौराणिक कालदेखि ब्यापक हुँदै आएको छ । नेपाल भूमिमा योग शब्द एक अति महत्वपूर्ण दर्शन हो। आत्मदर्शन र समाधिदेखि कर्मक्षेत्रसम्म योगको अर्थ ब्यापक र ब्यवहारिक छ । शिव मत्स्येन्द्रनाथ, गोरखनाथ र गौतम वुद्ध  तथा खप्तड बाबा जसले नियमित योग अभ्यासबाट प्राप्त गरेको आफ्नो उद्देश्य र योग शिक्षा हाम्रा लागि महत्वपूर्ण दर्शन हो । योग दर्शनका पिता महर्षि पतञ्जलीले योग शब्दको अर्थ चित्तवृत्तिको निरोध हो भनेर ब्याख्या गरेका छन्। 

चित्त अर्थात् मनका वृत्तिहरु ५ वटा छन्। जुन यस प्रकार रहेका छन्, प्रमाण, विपर्यय, विकल्प, निद्रा एव स्मृति । यी सधैभरी मानव मन भित्र सल्वलाइरहने वृत्तिहरुलाई जव नियमित योग अभ्यास वा साधनाद्धारा हाम्रो मनको प्राकृतिक स्वरुपमा ल्याउन सक्नु नै योग हो। हाम्रो मन ५ अवस्थामा घुमिरहन्छ । ती हुन, क्षिप्त, मुढ, विक्षिप्त, एकाग्र एंव निरुद्ध । जसलाई योग विज्ञानमा चित्तका ५ अवस्था भनेर अध्यान गरिन्छ। 

जब मनमा चञ्चलता बढ्दछ त्यो अवस्थामा मनले कुनै पनि निर्णय गर्न सक्दैन । त्यो क्षिप्त अवस्था हो । त्यस्तै कुनै पनि काममा असफलता, अनुकुलता, प्रतिकुलता, जित, हार जस्ता भावनात्मक आक्रोस र आवेगमा संमयित हुन नसक्नु मुढ अवस्था हो भने अचानक आइपर्ने दुःखद खबर, रोग ब्याधि र दुर्घटना जन्य कारणहरुबाट मनमा उत्पन्न हुने तरगंहरुको अवस्था विक्षिप्त (मनोरोग) हो। 

क्षिप्त, मुढ, विक्षिप्त यी तीन अवस्थामा कमजोर भएको मनलाई नियमित योग साधना र ध्यान द्धारा एकाग्रतामा प्रवेश गराई मनका वृत्तिहरुलाई निरुद्ध (रोक्नु) गर्नु योग हो । जुन अवस्थामा मनले वितर्क, विचार, आनन्द र अश्मिताका भावहरु ब्यक्त गर्न सक्दछ। 

दत्तात्रेय योग शास्त्र तथा योगराज उपनिषदमा योगलाई ४ प्रकारमा राखेर अध्यान गरिएको छ । ती हुन, मन्त्रयोग, लययोग, हठयोग र राजयोग। 

मन्त्रयोगः कुनै खास उद्देश्य प्राप्त गर्नका लागि विधि पूर्वक मन्त्रहरु जप्ने अभ्यासलाई मन्त्रयोग भनिन्छ । जसको परिणाम साधकले विशेष सिद्धि प्राप्त गर्दछ। 

लययोगः आफूले गर्ने दैनिक काम काजमा सफलता प्राप्तीको उद्देश्य राख्दै सकरात्मक भावनाका साथ ईश्वरको ध्यान गर्नु लययोग हो । जहाँ साधकले एक विशेष कर्मको अनुभुती गर्दछ। 

हठयोग : आसन, प्राणायाम, मुद्रा र वन्धहरुको विधि पूर्वक अभ्यासद्धारा मनलाई सकरात्मक उर्जा दिनु हठयोग हो । जसले शरिर स्वस्थ्य राख्न महत्वपूर्ण भुमिका खेल्दछ। 

राजयोगः यम, नियम, आशन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान र समाधिको विधि पूर्वक अभ्यासबाट चित्त(मन) लाई शुद्ध गरि ज्योर्तिमय आत्मलाई साक्षात्कार गर्नु राजयोग हो । महर्षि पतञ्जलीद्धारा प्रतिपादन गरिएको अष्टांग योग पनि राजयोग नै हो । जसले साधकलाई समाधि प्राप्ती सम्मको उच्च उद्देश्य प्राप्ती हुन्छ। 

योगको अर्थ आफ्नो चेतना (अस्तित्व) द्धारा आफूभित्र रहेको शक्तिलाई विकास गरी आत्मको साक्षात्कार एवं पूर्ण आनन्दको प्राप्ती हो । विधि पूर्वक नियमित गरिने प्रयोगात्मक योग अभ्यासले हाम्रो लुकेको चेतना शक्तिको विकास हुन्छ । शरिर भित्र निष्कृय बन्दै गएका कोष तथा तन्तुहरुको पुर्नजागरण भइ नया तन्तुहरु र कोशिकाहरु निर्माण हुन्छन । नियमित योगका शुष्म कृयाहरुबाट शुष्म स्नायु तन्त्रमा सकरात्मक उर्जा थपिन्छ।

जसले गर्दा आन्तरिक शरिरका सम्पूर्ण कोष, अंग, प्रत्यगंमा अक्सिजन तथा रक्तसञ्चालन क्रिया बढ्दछ। शरिर विज्ञानको सिद्धान्त अनुसार शरिरको संकोचन, विमोचन, कर्षण, विकर्षण, आकुंचन, प्रसारण र शिथिलिकरणको अभ्यासले मानव शरिर भित्रका सम्पूर्ण कोष , तन्तुहरु, अंगहरु र प्रणालीहरुले गर्ने काममा उर्जा थपिन्छ । शरिरका ग्रन्थी र मांसपेशीहरु सक्रिय हुन्छन्। हर्मनहरु क्रियाशिल हुन्छन, पाचन क्रिया बढ्दछ, मुटु तथा फोक्सोको काम गर्ने क्षमतामा वृद्धि हुन्छ, उच्च रक्तचाप र स्वासप्रस्वास जन्य रोगहरु न्यूनिकरण हुन्छन । मोटो पनलाई कम गर्न सकिन्छ । नियमित योग अभ्यास जन्य दिन चर्याले सात्विक तथा सन्तुलित आहार प्रयोगमा अनुशासित बनाउछ । वदलिदै गरेको जीवनशैलीलाई परिवर्तन गर्न सिकाउछ । शारिरीक निष्कृयताका कारणले उत्पन्न हुने धेरै रोगहरु न्यूनिकरणमा महत्वपूर्ण भुमिका खेल्दछ । मधुमेह, उच्च रक्त चाप, स्वासप्रस्वास जन्य समस्या र क्यान्सर जस्ता नसर्ने रोगका कारणले हुने उच्च मृत्युदरलाई कम गर्दै ती रोगमा लगानी भएको देशको आर्थिक भारलाई घटाउन सकिन्छ । नियमित योग अभ्यासबाट ध्रुमपान तथा मध्यपानको लतलाई हटाउन सकिन्छ । जसले कुलत जन्य अन्य कारणहरु कम गर्न पनि महत्वपूण टेवा मिल्ने छ। 

बदलिँदो जीवन शैली सँगै काम, क्रोध, लोभ, मोह र भयका कारण अहिले आम नागरिकमा मानसिक रोगको क्रम बढ्दो अवस्थामा छ । नियमित योग अभ्यासले हाम्रो शरिर जन्य रोगहरु मात्रै हैन मनको विचलनबाट उत्पन्न हुने मानसिक रोग न्युनिकरमा समेत महत्वपूर्ण विधा हो योग।११ औं अन्तर्राष्ट्रिय योग दिवसको शुभकामना।

सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट