२०८२ असार ४ बुधबार
२०८२ असार ४ बुधबार

फोनलोन लिने तर नतिर्ने ५० ऋणीहरूको तीन पुस्ते सार्वजनिक

काठमाडौँ । लक्ष्मी सनराइज बैंकले आफ्नो ‘फोनलोन’ सुविधा अन्तर्गत लिएको कर्जा समयमा नतिर्ने ५० जना ऋणीहरूको नामावली सार्वजनिक गरेको छ । पटक-पटकको ताकेतापछि पनि ऋणीहरू सम्पर्कमा नआएको र कर्जा चुक्ता गर्न अटेर गरेकाले बैंकले मंगलबार उनीहरूको तीन पुस्ते विवरणसहितको सार्वजनिक सूचना जारी गरेको हो ।

बैंकले ऋणीहरूलाई कर्जा चुक्ता गर्नका लागि ३५ दिनको अन्तिम म्याद दिएको छ । फोनलोन सेवामार्फत सहजै उपलब्ध गराइएको कर्जा सुविधा लिएका ऋणीहरूले तोकिएको समयमा साँवा तथा ब्याज भुक्तानी नगरेको र बैंकको सम्पर्कमा समेत नरहेकाले यो कदम चाल्नुपरेको बैंकले जनाएको छ ।

ऋणीहरूले उपभोग गरेको फोनलोन कर्जा सुविधाको बक्यौता रकम सम्झौता बमोजिम समय समयमा तिर्नु/बुझाउनु पर्नेमा पटक पटक तरताकेता गर्दा समेत बक्यौता रकम नतिरी नबुझाई बैंकको सम्पर्कमा समेत नआएको बैंकको भनाइ छ ।

बैंकले सार्वजनिक गरेको सूचीमा ऋणीको नाम, नागरिकता नम्बर, स्थायी र अस्थायी ठेगानाका साथै उनीहरूका बाबु र बाजेको नाम (तीन पुस्ते) समेत उल्लेख गरेको छ । सूचीमा पर्सा, महोत्तरी, काठमाडौँ, धनुषा, सुनसरी, पाल्पा लगायत विभिन्न जिल्लाका ऋणीहरू छन् ।

तोकिएको ३५ दिनको समयभित्र पनि ऋणीहरूले सम्पूर्ण साँवा, ब्याज र अन्य दस्तुर चुक्ता नगरेमा प्रचलित कानुनबमोजिम कर्जा असुलीको प्रक्रिया अगाडि बढाउने बैंकले चेतावनी दिएको छ । साथै, नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार उनीहरूको नाम कालोसूचीमा समावेशका लागि सिफारिस गरिने सूचनामा उल्लेख छ ।

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरूले मोबाइल बैंकिङ एपमार्फत सहजै उपलब्ध गराउने फोनलोन जस्ता डिजिटल कर्जा लोकप्रिय बन्दै गएका छन् । तर, यस्तो कर्जा लिएर समयमा भुक्तानी नगर्दा ऋणीहरूको व्यक्तिगत विवरण नै सार्वजनिक हुनुका साथै भविष्यमा कुनै पनि वित्तीय कारोबार गर्नबाट वञ्चित हुने जोखिम बढेको छ ।

पछिल्लो अध्यावधिक: असार ४, २०८२ १०:१४





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट