२०८२ माघ १ बुधबार
२०८२ माघ १ बुधबार

नेपालले पायो ९८ रनको झिनो लक्ष्य, सन्दीप एक्लैले लिए चार विकेट

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोलीले स्कटल्यान्डमा जारी त्रिदेशीय टी–२० आई सिरिजको दोस्रो खेलमा आयोजक स्कटल्यान्डलाई ९७ रनमा रोकेको छ । 

टस हारेर ब्याटिङको निम्तो पाएको स्कटल्यान्ड निर्धारित १९ दशमलव ४ ओभरमा अलआउट हुँदै ९७ रनमा समेटियो । नेपालले विजयीका लागि ९८ रनको लक्ष्य पाएको छ । 

सुरुवातबाटै दबाबमा राखेको नेपालले स्कटल्यान्डलाई १ सय रनको आँकडा पूरा गर्न दिएन ।  नेपालका लागि सन्दीप लामिछानेले कसिलो बलिङ गरे । उनले चार ओभरमा मात्र ११ रन खर्चिँदै चार महत्वपूर्ण विकेट निकाले । 

यस्तै करण केसीले ४ ओभरमा २० रन खर्चिँदै २ विकेट निकाल्दा दीपेन्द्र सिंह ऐरीले पनि दुई र ललित राजवंशीले एक विकेट निकाले । 

सुरुको ओभरमै दीपेन्द्र सिंह ऐरीले पहिलो विकेट निकालेका थिए । त्यसपछि दोस्रो ओभरमा करण केसीले एक विकेट र सोही ओभरमा अर्को विकेट रनआउट मार्फत् गुमाएपछि स्कटल्यान्ड दबाबमा परेको थियो । 

Ncell 2
Ncell 2

स्कटल्यान्डका माइकल लिस्कले सर्वाधिक ४६ रन बनाए । उनले ४६ बल खेल्दै एक छक्का र ४ चौका प्रहार गरे । यस्तै माथ्यु क्रसले १५ र ब्रान्डन म्याकमुलेनले १० रन बनाउनुबाहेक अन्य कुनै पनि ब्याटर दोहोरो अंकमा रन बनाउन सकेनन् । 

टी–२० आईमा नेपालको यो सबैभन्दा दबाबमुलक प्रदर्शन हो । यस्तै नेपालका पेस बलर करण केसीले टी-२०आई क्रिकेटमा १०० विकेट पूरा गरेका छन् । स्कटल्याण्डमा भइरहेको त्रिदेशीय टी-२०आई शृंखलाअन्तर्गत आज भइरहेको स्कटल्याण्डसँगको खेलमा विकेट लिँदै उनले कोशेढुंगा पार गरेका हुन् ।

उनले स्कटल्याण्डका विस्फोटक ओपनर जर्ज मुन्सेको विकेट लिए । लगत्तै उनले एक अर्को विकेट लिएर १०१ विकेट पूरा गरेका छन् । टी-२०आईमा १०० भन्दा बढी विकेट हालसम्म सन्दीप लामिछानेको नाममा मात्र थियो । उनको १११ विकेट छ ।

अब करण पनि १०० विकेटको क्लबमा जोडिएका छन् । करणको उत्कृष्ट बलिङ प्रदर्शन ५-२१ छ जुन् पीएनजीविरुद्ध सन् २०२२ मा कीर्तिपुरमा गरेको प्रदर्शन हो ।

करणभन्दा पछाडि सोमपाल कामीको ७५ तथा अविनाश बोहराको ७४ विकेट छ ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट