२०८२ असार ३ मंगलवार
LATEST NEWS
२०८२ असार ३ मंगलवार

धवल शमशेर धरौटीमा रिहा

काठमाडौं।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री एवं सांसद धवल शमशेर जबरालाई धरौटीमा रिहा भएका छन्। काठमाडौं जिल्ला अदालतले उनलाई साेमबार ३ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश गरेसँगै उनी धराैटी बुझाएर रिहा भएका हुन्।

जिल्ला अदालतका न्यायाधीश शिवप्रसाद खनालको इजलासले राणालाई ३ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश गरेको थियाे।

गत चैत १५ गत तीनकुनेमा भएको राजावादी प्रदर्शन उग्र बनेपछि राणा पक्राउ परेका थिए। तर, उपचार प्रयोजनार्थ हाजिरी जमानीमा रिहा भएका उनी प्रहरीको सम्पर्क बाहिर रहेका थिए तर सोमबार बिहान उनी अदालतमा उपस्थित भएका थिए।

उनको बयानपछि थुनछेक बहस भएको थियो। उक्त बहसपछि अदालतले उनलाई धरौटीमा छाड्न आदेश दिएको हो।

राणाको तर्फबाट डा. भीमार्जुन आचार्य, शतिशकृष्ण खरेल, गोविन्द बन्दी, बिष्णु भट्टराई र राजु बस्नेतलगायत कानुनी प्रतिनिधिहरूले बहस गरेका थिए। सरकारी पक्षबाट चारजना सरकारी वकिलहरूले प्रतिवाद प्रस्तुत गरेका थिए।

राणाविरुद्ध राज्य विरुद्धको कसुरसहित चार वटा मुद्दामा अभियोजन गरिएको छ। उनलाई राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव, संगठित अपराध र एकीकृत कसुरमा मुद्दा दायर भएको थियो।


सामाग्री श्रोत :

धवल शमशेर धरौटीमा रिहा

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट