२०८२ जेष्ठ ३१ शुक्रबार
२०८२ जेष्ठ ३१ शुक्रबार

शेरबहादुर देउवा, आरजु राणा र जयविर विरुद्ध फेसबुकमा लेख्ने राप्रपा युवा नेता विरुद्ध मुद्दा

काठमाडौँ । सामाजिक सञ्जाल फेसबुकमा काँग्रेस सभापति शेरबहादुर देउवा परिवार विरुद्ध स्टाटस स्टाटस लेखेकै भरमा राप्रपा युवा नेतामाथि अदालतमा मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले राप्रपा युवा सङ्गठनका संयोजक सुजित केसी विरुद्ध बिहीबार काठमाडौँ जिल्ला अदालतमा साइबर अपराधको मुद्दा दर्ता गराएको हो ।

फेसबुक स्टाटस लेखी चरित्रहत्या गरेको आरोप उनीमाथि लगाइएको छ । अभियोग पत्र अनुसार केसीले आफ्नो फेसबुक पोस्टमा तस्विर सहित लेखेका थिए, “भ्रष्टाचारबाट आर्जन गरिएको कालो धनलाई सेतो बनाउन गरिएको प्रपञ्च ! नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र परराष्ट्र मन्त्री आरजु देउवाका छोरा जयवीर सिंह देउवाले काठमाडौँ नक्सालस्थित हिल्टन होटेल खरिद गरेका छन् ।”

यही फेसबुक पोस्टबाट आफू विरुद्ध घृणा, द्वेष फैलाउने र चरित्रहत्या गर्ने काम भएको भन्दै ‘साइबर ब्युरो ५५’ को नामबाट उजुरी परेको थियो । बयानका क्रममा केसीले नेपालको राजनीतिक अस्थिरता, भ्रष्टाचार, आर्थिक सङ्कट र युवा पलायन जस्ता कुराले मन खिन्न भई यस्तो पोस्ट गरेको बताएको उल्लेख छ । यद्यपि, उक्त घटना सत्य नहुन पनि सक्छ भन्ने लागेपछि आफूले उक्त पोस्ट डिलिट समेत गरेको बयान उनले दिएका छन् ।

अभियोग पत्रमा विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ को उपदफा (१) बमोजिमको कसुर भएको पुष्टि भएको उल्लेख छ । उक्त दफामा कम्प्युटर, इन्टरनेट लगायतका विद्युतीय सञ्चार माध्यमहरूमा सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धका सामग्री वा कसैप्रति घृणा वा द्वेष फैलाउने सामग्री प्रकाशन वा प्रदर्शन गरेमा एक लाख रुपैयाँसम्म जरिबाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ ।

लाई सोही बमोजिम सजायको सजायसँगै घटनामा प्रयोग भएको मोबाइल आईफोन १५ प्रो म्याक्स समेत जफत गर्न माग गरिएको छ । साथै पीडितलाई मनासिब क्षतिपूर्ति भराई दिन समेत माग दाबी लिइएको छ ।

यसअघि यही आरोपमा साइबर ब्युरोले केसीलाई पक्राउ गरी ६ दिन हिरासतमा राखेको थियो । गैरकानुनी थुनामा राखेको भन्दै परेको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले उनलाई ७ जेठमा रिहा गर्ने आदेश दिएको थियो ।  

तर दायर गरिएको अभियोग पत्रमा उनी विरुद्ध पुनः पक्राउ पुर्जी जारी गर्न माग गरिएको छ । यसका साथै ‘इश्वर रेग्मी (देशभक्त-राष्ट्रवादी)’ र सुजित केसी नामक फेसबुक प्रयोगकर्ताको विवरण मेटासँग माग गरिएको र विवरण खुली आएमा तथा अन्य कोही कसैको संलग्नता खुल्न आएमा मुलुकी फौजदारी कार्यविधि संहिता बमोजिम गरिने अभियोग पत्रमा उल्लेख छ ।

 

पछिल्लो अध्यावधिक: जेठ २९, २०८२ २०:४४





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट