काठमाडौं– प्रतिपक्षीले अवरोध गरेपछि प्रतिनिधिसभा बैठक शुक्रबार सम्मका लागि स्थगित भएको छ ।

बिहीबार प्रतिनिधिसभा सुरु हुने बितिकै प्रतिपक्षी दलका सांसदहरु उठेर विरोध जनाएका थिए । भिजिट भिसा प्रकरणमा छानविन समिति गठन गर्नुपर्ने माग राख्दै उनीहरुले विरोध जनाएका हुन् ।
उनीहरुले विरोध जनाएपछि सभामुख देवराज घिमिरेले संसद सांसदहरुको बोल्ने थलो भएकाले जनताको मुद्दामाथि बहस गर्ने वातावरण बनाउन आग्रह गरे ।
संघर्षको स्वरुप परिवर्तन गर्दै संसद सञ्चालन हुने अवस्था सिर्जना गर्न समेत उनले आग्रह गरेका थिए । प्रतिपक्षी दलका सांसदले निरन्तर उठेर विरोध जनाएपछि सभामुख घिमिरले कार्यसूचीमा रहेका कार्यक्रमलाई हटाउँदै शुक्रबार १ बजे बस्नेगरि स्थगित गरेका हुन् ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ