काठमाडौं- उपचारमा लापरबाही गरेको मुद्दामा ॐ अस्पताललाई ५० लाख ७० हजार रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने फैसला भएको छ। उपभोक्ता अदालतको राम प्रसाद शर्मा अध्यक्ष, गेहेन्द्रराज रेग्मी सदस्य र आनन्दराज पोखरेल सदस्य रहेको इजलासले उक्त फैसला गरेको स्रेस्तेदार शोभाकर खरेलले जानकारी दिए।
खरेलले भने, ‘बसन्त गौतमले आफ्नो बुवा उपचारमा लापरबाही भएको भन्दै ५ करोड क्षतिपूर्ति पाउँ भनेर दायर गरेको मुद्दामा ५६ लाख ८१ हजार रुपैयाँ क्षतिपुर्ती भराउने आदेश भएको छ। अस्पताललाई ८० प्रतिशत र उपचारमा संलग्न २ चिकित्सकलाई ३ लाख ५ हजारका दरले २० प्रतिशत क्षतिपूर्ति भराउने आदेश भएको हो।’
आफ्ना बुवा हरिहर प्रसाद गौतमको उपचारमा लापरबाही गरेको भन्दै छोरा बसन्त गौतमले मुद्दा दायर गरेका थिए। उजुरीकर्ताका अनुसार ९८ वर्षको उनी २०८१ माघ ५ मा बाथरुममा जाने क्रममा लडेर खुट्टा टेक्न नसक्ने अवस्थामा भएपछि बेडमा बस्दा बेडबाट समेत लडेपछि चाबहिलस्थित ॐ हस्पिटलको इमरजेन्सीमा उपचार गर्न लिइएको थियो।
इमरजेन्सीमा कार्यरत सामान्य चेकजाँच पश्चात एक्सरे अध्ययन गरी खासै केही नभएको भन्दै दुखाइ कम हुने इन्जेक्सन दिएर केही औषधि लेखि डिस्चार्ज गरेको उजुरीमा उल्लेख छ।
डिस्चार्ज गरेको ४ दिन पश्चात समेत दुखाइ कम नभएपछि हामी परिवारका अर्को निजी अस्पतालमा लैजाँदा खुट्टा फ्याक्चर भएको देखिएको बताइएको छ। सही उपचार नगरी लापरबाही भएका कारण अन्य स्वास्थ्य जोखिम उत्पन्न भएर पिताको ज्यान गएको भन्दै उनले ५ करोड क्षतिपूर्ति पाउँ भन्दै मुद्दा दायर गरेका थिए।
सामाग्री श्रोत :
swasthyakhabar

